एजेन्सी- भारतमा एक पिताले आफ्नो छोरीको हत्या गरेको घटना सार्वजनिक भएको छ। गरिबीसँग जुध्दै गरेका एक पिताले आफ्नै ६ वर्षीय छोरीलाई मुक्ति दिलाउन भन्दा घाँटी थिचेर हत्या गरेका हुन्।
भारतको बोध गयामा एक पितालाई छोरी हत्या आरोपमा पक्राउ गरिएको भारतीय मीडियाहरुले बताएका छन्। डीसीपी एसडी मिश्रका अनुसार विजय विहार पुलिसलाई रातको ११ बजे एक पिताले छोरीको हत्या गरेको सूचना प्राप्त भएको थियो। तत्कालै घटनास्थलमा पुग्दा प्रहरीले आरोपी पिता मृत छोरीको शवसँगै बसेको फेला पार्यो र तुरुन्तै गिरफ्तार गर्यो।
प्रहरीले बालिकाको केहि सास बाँकि छ की भनेर तुरुन्तै अस्पताल पुर्यायो। तर अस्पतालले बालिकाको मृत्यु भैसकेको घोषणा गरिदियो। जसपश्चात हत्यारा पिता माथि प्रहरीले अनुसन्धान शुरु गरिएको थियो।
बयान दिने क्रममा आरोपी पिताले हत्या स्वीकार गरिसकेको प्रहरीको भनाइ छ। २०१७ मा श्रीमतीको क्यान्सर लागेर मृत्यु भएदेखि आफ्नो आर्थीक अवस्था कम्जोर भएको उनको बयान छ।
छोरीलाई खुवाउने पैसा समेत बल्ल-बल्ल कमाउने उनले आर्थिक अभावकै कारण छोरीको घाँटी थिचेर हत्या गरेको बयान दिएका हुन्। हत्या भएको रात छोरी दुधको लागि जिद्धि गरिरहेकी थिइन्। पैसा नभएको कारण दिक्क लागेर जिद्धि छोरीको हत्या गरेको उनले प्रहरीलाई बताए।
प्रहरी अनुसन्धानको क्रममा आरोपी पिता श्रीमतीको मृत्यु पछि डिप्रेशनको शिकार भएको खुलेको हो। सोहि डिप्रेशनको क्रममा उनले छोरीको ज्यान लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको भारतीय प्रहरीले बताएको छ।