भोलि जून महिनाको पहिलो दिन कस्तो रहला ? हेर्नुहोस भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलि तपाईको आम्दानीका नयाँ स्रोत फेला पर्ने देखिन्छ। भोलि तपाईको आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम समेत उठ्न सक्ला। भोलि तपाई सामाजिक कार्यमा व्यस्त रहनु हुने दिन परेको छ। तर भोलि तपाईले अत्याधिक धन खर्च नहोस भन्नको लागि सजक रहनु पर्ने देखिन्छ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा बन्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईलाई लगनशीलताले कीर्तिमानी दिलाउन सकेन देखिन्छ भने भोलि तपाईको निर्धारित कार्य समेत सफल भएर जान सक्ला। भोलि तपाईलाई अतिथिको रूपमा सत्कार समेत मिल्न सक्ला। भोलि को दिनमा तपाईलाई प्रेमीबाट उपहार समेत मिल्न सक्ने देखिन्छ। भोलि तपाईको स्वास्थ्यमा समेत सुधार आउने देखिन्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलि तपाईको बोलीको कारण बन्न लागेको काम एस्समेत बिग्रन सक्ला। भोलि तपाई सवारी देखि पनि सावधान रहनु पर्ने देखिन्छ। भोलि समस्याप्रति गम्भीर नबन्दा दु:ख हुन सक्ला। भोलि तपाईलाई आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्ने देखिन्छ भने भोलि तपाई कानुनी कार्यमा समेत संयम रहनु पर्ने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईले आफ्नो क्रोधमा नियन्त्रण राख्नु पर्ने देखिन्छ भने भोलि तपाईले अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु पर्ने देखिन्छ। भोलि तपाईको दिन भने जस्तो नहुदा मानसिक चिन्ता समेत बढेर जाने देखिन्छ। भोलि तपाई सकेसम्म नयाँ कार्य थालनी नगरेकै उचित हुने देखिन्छ। भोलि नयाँ सम्बन्ध पनि कायम नगरेकै उचित हुने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि तपाईको पारिवारिक जीवनमा उतार-चडाब हुन सक्ने देखिन्छ भने भोलि तपाईको प्रेम जीवन समत असफल हुन सक्ला। तर भोलि तपाईको स्वास्थ्यमा भने सुधार आउन सक्ला। साथै भोलि तपाईको रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइने देखिन्छ। भोलि चुनौती चिर्दै काम बनाउन सक्नु हुने देखिन्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलि तपाईको व्यावसायिक स्थलमा सफलता मिल्न सक्ला भने भोलि तपाईको अआर्थिक स्थिति समेत सवल भएर जाने देखिन्छ। साझेदारीबाट लाभ मिल्ने भोलि को दिनमा तपाईलाई अगाडी बढ्ने हौसला समेत मिल्न सक्ला। पारिवारिक वातावरणमा आनन्दित अनुभव गर्नु हुने देखिन्छ। साथै भोलि तपाईको यात्रा सफल हुन सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाईको दुख बढेर जाने दिन परेको छ भने भोलि तपाईको परिश्रमको मामलामा सफलता काम मिल्न सक्ला। साथै भोलि तपाईको निर्धारित समयमा कार्य सफल नहुने देखिन्छ। भोलि आर्थिक कार्यमा सावधानीपूर्वक लाग्नु पर्ने देखिन्छ। भोलि तपाईको कोहिसँग पनि मनमुटाब नहोस भन्नको लागि सजक रहनु होला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

परिवारको स्वास्थ्यका कारण भोलि तपाईको चिन्ता साथै खर्च बढ्न सक्ला। भोलि तपाईको टाढा यात्रा हुने हुँदा थकान बढेर जाने देखिन्छ। भोलि तपाई सकेसम्म कानुनी कार्यमा सजक रहनु होला। भोलि तपाईको सामाजिक कार्यमा मान हानी मिल्न सक्ने हुँदा सजक रहनु होला। भोलि तपाई चिसो देखि सावधान रहनु होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्ला। नजिकका साथीभाइसँग मनमुटाब बढेर जाने देखिन्छ भने भोलि तपाईलाई परिवारबाट पनि साथ नमिल्ना सक्ला। भोलि तपाई लगानी गर्दा संयम रहनु पर्ने देखिन्छ। भोलि धार्मिक कार्यमा भने सफलता मिल्ने देखिन्छ। भोलि अवसर प्राप्त भए पनि सफलता भने मिल्न गार्है पर्ने देखिन्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि ्को दिन तपाईको मिश्रित फलदायी रहन सक्ला। भोलि तपाईको परिवारसंगको सम्बन्ध खासै राम्रो नहुने देखिन्छ भने भोलि तपाईलाई प्रेममा समेत धोका मिल्न सक्ला। भोलि तपाईको स्वास्थ्य पनि खासै राम्रो नहुन सक्छ। तर भोलि तपाईको यात्रा भने सफल हुन सक्ला। साथै भोलि आर्थिक लाभ पनि राम्रै मिल्न सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाई रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर रहनु हुने देखिन्छ। भोलि तपाईलाई पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। भोलि सामाजिक रुपमा मात्र नभई कानुनी साथै राजनीतिक रुपमा तपाईलाई सफलता मिल्ने देखिन्छ। तपाईको दिन आर्थिक दृष्टिकोणबाट भोलि लाभकारी रहन सक्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईको शरीरमा कान्ति बढेर जाने देखिन्छ भने भोलि तपाईलाई प्रेरणा समेत मिल्ने हुँदा हरेक कार्य सफल रहन सक्ला। भोलि को दिनमा तपाईलाई शत्रु नाश भएको पनि अनुभव हुने देखिन्छ। तर भोलि आफ्नो स्वास्थ्यको भने ख्याल गर्नु होला। भोलि लेन-देनमा समेत संयमता अपनाउनु पर्ने देखिन्छ।

प्रकाशित : शुक्रबार, जेठ १७, २०७६१४:४०

भोलि तपाईको दिन कस्तो रहला? हेर्नुहोस जेठ २१ गतेको राशिफल !