भोलि तपाईको दिन कस्तो रहला? हेर्नुहोस जेठ २१ गतेको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

भोलिको दिनमा तपाईको मन अत्याधिक चंचल रहने देखिन्छ भने भोलि तपाई महत्वपुर्ण निर्णय लिन असमर्थ रहनु हुने देखिन्छ। भोलि तपाईको आर्थिक कार्य सामान्य रहने भएता पनि तपाईंइको स्वास्थ्यले भने खासै साथ नदिन सक्ला। भोलि तपाईको प्रतिस्पर्धाहरू सामना हुन सक्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

भोलि तपाईको परिवारमा प्रेम बढेर जाने देखिन्छ भने प्रेमीसंग पनि सामिप्यता बढ्न सक्ला। भोलि तपाईको दिनयात्रामा व्यतित हुने देखिन्छ। भोलि तपाईले सोच्नु भएको एस्सम्पूर्ण कार्य सम्पन्न हुने देखिन्छ। भोलि प्रतिस्पर्धाहरूमा तपाईको विजयी समेत रहन सक्नु होला। काम पनि सराहना मिल्न सक्ला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

भोलिको दिन आर्थिक रूपले लाभदायक हुनेछ। शारीरिक र मानसिक रूपले तपाईलाई आनन्दको अनुभव हुन सक्ला। भोलि तपाईलाई उपहार पनि प्राप्त हुने देखिन्छ। स्वादिष्ट खाना र राम्रो लुगाहरू समेत प्राप्त हुने भोलिको दिनमा तपाईलाई आर्थिक लाभ राम्रै मिल्ने देखिन्छ। तर भोलि यात्रा भने नगरेकै उचित हुने देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भोलि तपाईकोमानसिक चिन्ता बढ्न सक्ला भने भोलि तपाईलाई शारीरिक समस्याले पनि सताउने देखिन्छ। भोलि तपाईलाई आर्थिक रुपमा बोझ बढ्न सक्ला भने मनमा दुविधा बढेर जाने देखिन्छ। अत्यन्तै महंगा वस्तु समेत खरिद रहने भोलिको दिनमा तपाईको आर्थिक खर्च अत्याधिक रहन सक्ने देखिन्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )

भोलि व्यवसायमा फाइदा र आयमा वृद्धि हुनेछ। साथीहरूसँग एक प्रसन्न स्थानमा जाने अवसर मिल्ने देखिन्छ भने भोलि तपाईको दिन मनोरन्जन केन्द्रित समेत हुन सक्ला। स्त्री मित्र भोलि विशेष सहायक बन्ने छन्। शुभ प्रसंगमा भाग लिने समेत अवसर मिल्न सक्ला। साथै भोलि सम्पूर्ण कार्यमा समर्थन मिल्न सक्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

भोलिको दिन तपाईको धेरै कार्यमा सम्पन्नता मिल्न सक्ला। भोलि तपाईको एस्सम्पूर्ण निर्धारित कार्य समयमानै सम्पन्न हुँदा उचित लाभ मिल्न सक्ला। भोलि तपाईको स्वास्थ्यले समेत साथ दिन सक्ला। भोलि तपाईमा अग्रजहरुको कृपादृष्टि र सम्मान बढ्न सक्ला। भोलि तपाईलाई अध्ययनमा पनि सफलता मिल्न सक्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

भोलि तपाईको नयाँ कार्य थालनी गर्ने प्रयास सफल हुने देखिन्छ। भोलि तपाईको स्वास्थ्यमा सुधार आउन सक्ला भने भोलि तपाईको कानुनी कार्यमा समेत सफलता बढ्न सक्ला। साथै भोलि तपाईको व्यावसायिक यात्रा सफल हुने देखिन्छ। भोलि तपाईको आर्थिक लगानी समेत जुट्न सक्ला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

भोलि तपाईले आफ्नो खान-पानमा विशेष ध्यान दिनु पर्ने हुन्छ भने भोलि तपाई चिसो देखि पनि बच्नु होला। भोलि शारीरिक र मानसिक रूपमा अस्वस्थता रहन सक्ला। भोलि रिसको नियन्त्रण गर्न आवश्यक रहेको छ। भोलि तपाई अधिक खर्च गर्नुहुनेछ। भोलि कानुनी कार्य देखि सावधान रहनु होला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )

भोलि तपाईलाई मित्रजनबाट भने जस्तै लाभ मिल्ने देखिन्छ भने भोलि तपाईको परिवारमा पनि सम्बन्ध सुधार हुने देखिन्छ। विपरीत लिंगीय व्यक्ति प्रति तपाईको विशेष आकर्षण बढेर जाने देखिन्छ। तपाईंको विचार भोलि स्थिर हुनेछैन। साझेदारीमा फाइदा मिल्न सक्ला भने भोलि यात्रा सफल हुन सक्ला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

भोलि तपाई सामाजिक कार्यमा केन्द्रित रहनु हुने देखिन्छ भने भोलि तपाईको एस्सामाजिक किर्ति समेत बढ्न सक्ला। भोलि तपाईको स्वास्थ्य पनि आराम रहने देखिन्छ। भोलि तपाईको अआर्थिक कार्य सम्पन्न हुनुका साथै भोलि तपाईको पारिवारिक दायित्व समेत बढेर जाने दिन परेको छ। भोलि तपाईको राजनीतिक लाभ उच्च रहन सक्ला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भोलि तपाइको मन अशान्त रहने देखिन्छ भने भोलि तपाईलाई सानो-सानो कुराले पनि तपाईलाई चिन्तित तुल्याउन सक्ला। भोलि तपाईको एस्स्वास्थ्य खासै राम्रो नहोला। भोलि तपाई माथि झुठो लान्सना समेत लाग्न सक्ने हुँदा बोलीमा नियन्त्रण राख्नु होला। भोलि सवारी देखि सावधान रहनु होला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

भोलि तपाईको मित्रजन साथै आफन्तजनसँग मनमुटाब हुन सक्ला। भोलि तपाईले नसोच्नु भएको श्रोतबाट तपाईको गोपनियता बाहिरिने देखिन्छ। भोलि तपाईको आर्थिक बोझ बढ्ने देखिन्छ। भोलि तपाई घर-जग्गा सम्बन्धि कार्य गर्दा संयम रहनु पर्ने देखिन्छ। भोलि तपाई सजिलै कसैलाई पनि विश्वास नगर्नु होला।

प्रकाशित : सोमबार, जेठ २०, २०७६१३:१६

भोली जेठ २२ गते तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् भोलीको राशिफल