यी छोराले आमा काटेर रगत पिए, ३-४ दिन सम्म आमाको मासु पोलेर खाए !

एजेन्सी- आफ्नै आमालाई काटेर हत्या गरी रगत पिएको आशंका गरिएका एक व्यक्तिलाई भारतमा पक्राउ गरिएको छ। आमा हत्या गरी तीन हप्ता देखि फरार रहेका २७ वर्षीय दिलिप यादवलाई पक्राउ गरिएको हो।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार ५० वर्षीय सुमरियालाई बन्चरोले काटेर रगत पिएको भन्दै दिलिप यादवको खोजि गरिएको थियो। आमाको शरीरलाई काटेर केहि टुक्रा आगोमा समेत जलाउने ती पुरुष कालो जादुको लागि आफ्नै आमाको हत्या गरेको हुन सक्ने शंका गरिएको छ।

प्राप्त जानकारी अनुसार घटना कोर्बा भारतको रहेको छ। अन्धविश्वासी दिलिपले आफ्नो विवाह नहुनुको पछाडी आमाको हात रहेको भन्दै कालो जादुको लागि आमाको हत्या गरेको भारतीय मिडियाहरु बताइरहेका छन्।

भाइ र पिताको मृत्यु पछाडी पनि आमाकै हात रहेको भन्दै दिलिपले सुमरियालाई पटक-पटक यातना दिने गरेका थिए। सुमरिया बोक्सी भएको दिलिपको बुझाइ थियो। जसको कारण दिलिप आफ्नो आमाको हत्या गर्न तर्फ उद्दत भए।

पिडा र डरमा रहेकी सुमरियालाई निर्मम तरिकाबाट हत्या गरेको एक प्रतक्षदर्शीको भनाइ छ। ” आफ्नै आमाको हत्या गरेको देख्दा मेरो पनि सात्तो गएको थियो। बन्चरोले घाँटी, टाउको र स्तनमा प्रहार गरिरहेको मेरै आँखाले देखे। सुमरियाले अन्तिम सास फेरिरहादा दिलिपले घाउबाट बहेको रगत चाटेको देख्दा झन्नै म बेहोस नै भैन”,एक प्रतक्षदर्शीले भनिन्।

त्रसित भएको कारण आफूले देखेको यस्तो घटना बारे कसैलाई भन्न नसकेको प्रतक्षदर्शीले समीरनको भनाइ छ। घटना भएको केहि दिन पछि मात्रै समीरनको घटना बारे प्रहरी चौकीमा सूचना दिएकी थिइन्।

घरको खानतलासीको क्रममा रगत लतपत भएको बन्चरो, आगोमा जलेको शरीरका टुक्रा आदि भेटिएको प्रहरीको भनाइ छ। कालो जादुको किताब अनुसार दिलिपले ३-४ दिन सम्म शरीरका टुक्राहरु खाएको हुन सक्ने प्रहरीको आकलन छ।

प्रकाशित : शनिबार, जेठ १८, २०७६०८:५९

उम्रिंदै तीन पात : यी किशोरले आफ्नै दिदीलाई गर्भवती बनाए, दिदीले शौचालयमा जन्माइन् छोरी !