उम्रिंदै तीन पात : यी किशोरले आफ्नै दिदीलाई गर्भवती बनाए, दिदीले शौचालयमा जन्माइन् छोरी !

एजेन्सी- मलेसियाका एक १४ वर्षीय किशोरलाई कोर्रा र ३० वर्ष जेल सजाय हुने भएको छ। आफ्नै दिदीलाई गर्भवती बनाएको आरोपमा स्थानीय अदालतले किशोरलाई यस्तो सजाय सुनाएको हो।

१६ वर्षीय किशोरीले घरकै शौचालयमा छोरीलाई जन्मदिए पछि घटनाको खुलासा भएको हो। उत्तरपश्चिमी राज्य पेरकमा किशोरीले घरको शौचालय भित्रै छोरीलाई जन्म दिएकी थिइन्।

अदालतमा बयान दिने क्रममा किशोरीले भने गर्भवती भएको समेत चाल नपाएको बताएकी थिइन्। शौचालय भित्रै बच्चा जन्मिएपछि मात्रै आफू गर्भवती भएको चाल पाएको उनको भनाइ छ। शौचालय भित्र खसेर नवजात बालिकाको टाउकोमा चोट समेत पुगेको थियो।

अदालतमा सुनुवाई हुँदा परिवारका सदस्यहरु समत उपस्थित थिए। आरोपी किशोरले दिदीलाई आफैलेनै गर्भवती बनाएको स्वीकार गरेपछि अदालत निष्कर्षमा पुगेको थियो।

मलेसियन कानुन अनुसारनै किशोरलाई हाडनाता सम्बन्ध कायम गरेको भन्दै अदालतले ३० वर्ष जेल सजायसँगै कोर्राको सजाय सुनाएको हो। सुनुवाईको क्रममा आरोपी किशोर मुख छोपेर अदालत पुगेका थिए।

अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार आरोपी किशोरका आफन्तहरुले तस्विर खिच्न खोज्ने पत्रकारहरुलाई गालि समेत गरेका थिए। अदालत भित्र पनि पत्रकारहरुलाई छिर्न नदिइएको स्थानीय मिडियाहरुको भनाइ छ।

आरोपी किशोरको परिचय भने गोप्य राखिएको मलेसियन मिडियाहरु बताउँछन्।

प्रकाशित : शनिबार, जेठ १८, २०७६०९:००

खुट्टाले बिमान चलाएर विश्व किर्तिमानी राख्ने पहिलो महिला पाइलट, को हुन् त यिनी?