ऋतिकको सुपर ३० को नयाँ पोस्टर सार्वजनिक, यस दिने हुनेछ प्रदर्शन !

एजेन्सी , बलिउड चलचित्र उद्योगका सफल अभिनेता ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ एक नया पोस्टर सार्वजनिक गरिएको छ। जुन पोस्टरलाई ऋतिकले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका  हुन्। चलचित्रमा उनि बिहारका प्रसिद्ध गणितज्ञ आनन्द कुमारको भूमिकामा देखिएका छन।

पोस्टर सार्वजनिक  गरेसंगै चलचित्र ‘सुपर ३०’ को ट्रेलर पनि आजै सार्वजनिक गरिने ऋतिकले बताएका छन।  उनलाई यस पोस्टरमा कन्फ़िडेन्ट देखिएको छ। यसका साथै उनि अभिनित चलचित्र ‘काबिल’ चीनमा प्रदर्शन भईरहेको छ।  पोस्टर सार्वजनिक गरे संगै उनले चलचित्र मेहनत , शिक्षाको महत्व र शिक्षकसंग सम्बन्धित रहेको बताएका छन।

चलचित्रले  हरेक शिक्षकले आफ्नो पेशा प्रति बफादार हुनुपर्ने संदेश दिनेछ।  चलचित्र ‘सुपर ३०’ को प्रदर्शन मिति भने यहि बर्षको जुलाई १२ लाई तोकिएको छ।

 

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६०६:२७

फर्स्टलुक सार्वजनिक भएसंगै ‘मारुनी’ को चुलिदै चर्चा !