फर्स्टलुक सार्वजनिक भएसंगै ‘मारुनी’ को चुलिदै चर्चा !

काठमाडौँ , सम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्पल खड्का अभिनित चलचित्र ‘मारुनी’को  फर्स्टलुक सार्वजनिक भएसंगै यसको चर्चा परिचर्चा बढ्दो क्रममा रहेको छ। चलचित्रको सार्वजनिक पोस्टरमा यी दुईलाई प्रेमिल जोडीको रुपमा देखिएको छ। चलचित्रलाई पुनम गौतमले निर्माण गरेकी हुन् भने चलचित्रमा संजय लामाको छायाँकन साथै अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ ।

‘मारुनी’ लाई नवल नेपालले निर्देशन गरेका हुन् भने यस चलचित्रमा पुष्पल र सम्राज्ञीको अलावा रेविका गुरूङको पनि मुख्य भूमिका रहेको छ। रेबिकाले यसै चलचित्रबाट सिने नगरीमा डेब्यु गर्दै छिन।  भदौ १३ गतेलाई चलचित्र मारुनीको प्रदर्शन मिति तोकिएको छ। भने चलचित्रले राम्रो व्यापार गर्न सफल रहनेमा समेत निर्माण टिम बिस्वस्त रहेका छन।

 

 

 

 

 

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६०७:१६

प्रदर्शन अगावै ‘भारत’ ले उडाइदियो कट्रिनाको रातको निन्द्रा !