प्रदर्शन अगावै ‘भारत’ ले उडाइदियो कट्रिनाको रातको निन्द्रा !

एजेन्सी , बलिवुड अभिनेत्री कट्रिना कैफ पछिल्लो समय चलचित्र भारतको प्रमोशनमा ब्यस्त रहेकी छिन। चलचित्रलाई इदको मौका पारेर प्रदर्शनमा ल्याउन लागिएको हो। चलचित्र भारतलाई लिएर चलचित्रप्रेमी  दर्शकहरु प्रतिक्षारत रहेका छन। रिलिज डेट नजिकिदै गर्दा कट्रिना पनि चलचित्रलाई लिएर उत्साहित रहेकी छिन।

शनिवार १०० बेस्ट ड्रेस अवार्ड २०१९ मा सहभागी हुदा कट्रिनाले ‘भारत’ ले गर्दा आफ्नो रातको निन्द्रा हराम भएको जानकरी मिडियासामु दिएकी छिन।  साथै उनले दर्शकहरुबाट चलचित्रको प्रतिक्रिया बुझ्नका लागि आफुलाई हतार भईसकेको समेत बताएकी छिन।

भारतको सन्दर्भमा कुरा गर्दा यस चलचित्रमा सलमान र कट्रिनाको अलावा तब्बू, दिशा पाटनी, सुनील ग्रोवर, जैकी श्रॉफ तथा नोरा फतेहीको मुख्य भूमिका रहेको छ। चलचित्रलाई  अली अब्बास जफरले निर्देशन गरेका हुन् भने यो सन् २०१४ सालमा प्रदर्शनमा आएको दक्षिण कोरियाली चलचित्र ‘ओड टू माई फादर’ को रिमेक हो।

कामको कुरा गर्दा कट्रिना छिट्टै नै अक्षय कुमारका साथमा चलचित्र ‘सुर्यबंशी’ मा देखिदै छिन। रोहित शेट्टी निर्मित यस चलचित्रमा लामो समयको अन्तरालपछि अक्षय र कट्रिना एकसाथ चलचित्रको पर्दामा देखिदै छन।

 

 

 

प्रकाशित : मङ्गलबार, जेठ २१, २०७६०९:३५

चलचित्रमा प्रवेश गर्नुपूर्व ९० केजी तौल भएकी यी अभिनेत्री भईन एकाएक यस्ती !