एजेन्सी , बलिउड सुपरस्टार सलमान खानले आफ्नो फिल्मी करियरको सुरुवात रोमान्टिक चलचित्रबाट गरेका हुन् । दबंग खानको नामले सिने क्षेत्रमा परिचित रहेका सलमानले हालसम्म चलचित्रको पर्दामा कुनै पनि अभिनेत्रीका साथमा किस गरेको सिन दिएका छैनन। यसै सन्दर्भलाई लिएर सलमानका बारेमा समय समयमा विभिन्न सवालहरु समेत उठ्ने गरेको पाइन्छ। उनको ३० बर्षे फिल्मी करियरमा कुनै पनि अभिनेत्रीका साथमा चलचित्रमा किस सिन नदिनुमा उनले मिडिया सामु यस्तो प्रतिक्रिया दिएका छन।
यसै सन्दर्भमा सलमानले एक अन्तर्वार्ता मार्फत सबैको कौतुहलतालाई मेट्दै ‘आफुलाई यस्ता प्रकारका सिन दिनका लागि असहज लाग्ने बताएका छन साथै आफुले घरका सबै परिवारका साथमा बसेर चलचित्र हेर्नका लागि यस्तो असहज सिन देख्न नपरोस भन्ने उदेश्यले नै आफुले अहिलेसम्म चलचित्रमा इंटीमेट सिन गर्न मनाही गरिदिएको बताएका छन।
समय बदलिएको छ चलचित्रमा यस्ता सबै कुराहरु सामान्य नै भईसकेको भएता पनि सलमानले भने अब आफुले कुनै पनि हालतमा आफुलाई असहज लाग्ने खालका चलचित्रमा काम गर्नका साथ साथै किस सिन समेत चलचित्रको पर्दामा दर्शकहरुले देख्न नपाउने जानकारी दिएका छ।