एकसाथ चलचित्रको पर्दामा देखिदै ऋतिक र टाइगर !

एजेन्सी , बलिउड अभिनेता एवम एक्सन हिरो ऋतिक रोशन र टाइगर श्राफ एक साथ चलचित्रको पर्दामा देखिने बिषयले पछिल्लो समय चलचित्र बजार तताईरहेको छ।  यी दूई एकसाथ चलचित्रमा  देखिने खबरले चलचित्रप्रेमि दर्शकहरु पनि उत्साहित रहेका छन। ऋतिक र टाइगर अभिनित उक्त चलचित्रको नाम ‘फाइटर्स’ हुन सक्ने बताईएको छ।

यशराज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको चलचित्र पछिल्लो समयमा चर्चाको शिखरमा रहेको छ। चलचित्र निर्माताले चलचित्रको नामको बारेमा केहि आधिकारिक जानकारी नदिएता पनि चर्चाको हिसाबले चलचित्रको नाम ‘फाइटर्स’ नै हुन सक्ने बताईएको छ।

चलचित्रको नाम घोषणा गरिसकीएको र यसका  लागि फर्स्ट लुक समेत फाइनल गरिसकिएको बताईएको छ। चलचित्रको नाम जस्तै यी दुवै अभिनेतालाई एक्सन अवतारमा चलचित्रको पर्दामा देख्न पाइने छ।  सिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको चलचित्रमा ऋतिक र टाइगरको अलावा ‘ वाणी कपूर’ को समेत मुख्य भूमिका रहने छ।  चलचित्रमा डान्स र एक्सन भरपुर मात्रामा देख्न पाइने छ भने ऋतिक र टाइगरको पनि केमेस्ट्री राम्रो जम्ने बिश्वास गरिएको छ।

 

 

 

प्रकाशित : बुधबार, जेठ २२, २०७६०७:४०

वोग म्यागजिनका लागि करिनाले गराईन हट फोटोसुट , हेर्नुहोस !