कृति सेननलाई मिल्यो एकसाथ तिन ठुला चलचित्रमा काम गर्ने अवसर !

सन् २०१४ देखि फिल्मी करियर सुरुवात गरेकी बलिउड अभिनेत्री कृति सेननको यस बर्ष ३ ठुला ब्यानरमा निर्माण भएको चलचित्र प्रदर्शनमा आउने भएको छ।  ति चलचित्रहरु ‘अर्जुन पटियाला’, ‘हाउसफुल ४’ र ‘पानीपत’ हो। चलचित्र पानीपत पानीपतमा भएको लडाईसंग सम्बन्धित रहेको छ। जुन चलचित्रमा उनको भूमिका पार्वतीको रहेको छ जो  सदाशिवराव भाउकी दोस्रो पत्नी थिइन्।

त्यसैमा  चलचित्र हाउसफुल ४ को कुरा गर्दा यस चलचित्रमा  फरहाद समजीले निर्देशन तथा साजिद नाडियाडवाला निर्माता रहेका छन। चलचित्रमा कृतिका अलावा राणा दग्गुबती, चंकी पांडे, रंजीत, बोमन ईरानी, जॉनी लीवर, जैमी लीवर, प्रदीप रावत तथा सौरभ शुक्लालाई  मुख्य भूमिकामा देख्न सकिन्छ।

जुन चलचित्र यहि बर्षको अक्टोबर २५ अर्थात् दिपावलीको दिन प्रदर्शनमा आउने छ।  हेरौ यसले चलचित्र क्षेत्रमा कस्तो धमाका देखाउन सफल हुन्छ।

 

प्रकाशित : बुधबार, जेठ २२, २०७६०९:३०

‘भारत’ले गर्दा घट्यो ‘जात्रै जात्रा’ को शो , आक्रोशित हुदै निर्देशकले लेखे यस्तो स्टाटस !