‘भारत’ले गर्दा घट्यो ‘जात्रै जात्रा’ को शो , आक्रोशित हुदै निर्देशकले लेखे यस्तो स्टाटस !

काठमाडौँ , बलिउड चलचित्र ‘भारत’ बुधबार बाट नेपालमा पनि प्रदर्शनमा आयो। चलचित्र प्रदर्शनमा ल्याउनका लागि वितरक र हाल संचालकहरुले अदालतमा मुद्दा दायर नै गरे र अदालतको स्वीकृतिमा चलचित्र रिलिज पनि गरे। यसरी अदालतको ढोका सम्म पुगेर गरिएको बिदेशी चलचित्रको प्रदर्शनले आफ्नै चलचित्र भने ठुलो मारमा  परेको छ। प्रसङ्ग हो हाल सफल प्रदर्शन भैरहेको चलचित्र ‘जात्रै जात्राको’।

चलचित्र ‘जात्रै जात्रा’ले मंगलबार क्यूएफएक्स चेनमा १२ शो पाएकोमा बुधबार ह्वात्तै घटाएर ६ सो मा झारियो। यद्द्यापी सबै सो हरु हाउस फुल थिए र कति दर्शक टिकट नपाएर फर्कनु पर्ने अवस्था आयो। काराण उही, बाँकी शोहरु भारतलाई नै दिईयो। यसै बिचमा निर्देशक प्रदीपले असन्तुष्टि पोख्दै फेसबुक स्टाटस पोस्ट गरेका छन्। जसमा लेखेका छन् “आफ्नो ब्यापार ब्याबसाय हो ! आफू खुसी गर्न पाईएला ! तर ब्यबसायीक धर्म भन्ने पनि त हुन्छ होला ! हामीले जति डीजर्भ गर्छौ त्यत्ति मागेका हौ ! नेपाली फिल्म क्षेत्र मा आफ्नो योगदान को बखान गरेर नथाक्नेहरुको मेरा भारत माहान भनेको पनि देखियो ! हल आफ्नो हुनेहरुले आफ्नो फिल्मको लागि मन खुसी शो राखे पनि दर्शक को मन खुसी नहुदा कुन हालत भयो, देखेकै हो ! हल कब्जा गरेर एक दिन होला तर हल कब्जा त दर्शकले गर्नुपर्ने होला ! मेरिट अनुसार पाउनु पर्ने शो नपाए पनि हामीले पाउनु पर्ने भन्दा धेरै माया दर्शकबाट पाएका छौ ! अन्तिम सत्य दर्शक नै हुन् ! आज टिकट नपाउनु हुने दर्शक प्रति क्षमा चाहन्छौ ! हेर्न बाकी हुनु हुने आदरणीय दर्शक ज्यूहरुले आफ्नो समय अनुकुल बाकी रहेको शो हेर्नु होला ! तपाईहरुको मायाको लागि आभारी छौ। ”

चलचित्र ‘भारत’ले पनि दर्शक समिक्षा खासै राम्रो पाउन सकेको छैन ,भने समिक्षकबाट पनि चित्त बुझ्दो समिक्षा पाएको छैन। जसले गर्दा भारतको व्यापार पनि आशातित सम्भावना कम रहेको छ। आफ्ना चलचित्रलाई पाखा र विदेशी चलचित्रलाई काखा गर्ने चलन कहिले सम्म हो कुन्नी ? यस बारे चलचित्रका पण्डितहरुको ध्यानाकर्षण हुन जरुरी रहेको छ।

प्रकाशित : बिहिबार, जेठ २३, २०७६०८:२९

म्यागजिन कभरका लागि गरिएको प्रियंकाको हट फोटोसुट !