भाइ- बहिनीका हुबहु कार्बन कपि हुन् बलिउडका यी ५ सेलिब्रेटीहरु , हेर्नुहोस !

भनिन्छ संसारमा एकै अनुहार भएका मानिसहरु कम्तिमा ७ जना भेटिन्छन। जुम्ल्याहा बाहेक कतिपय परिवारमा भाई बहिनि संग हुबहु अनुहार मिल्ने दाजु बहिनि पनि देख्न सकिन्छ। बलिउड सिने उद्योगमा पनि यस्ता सेलिब्रेटीहरु छन जसको अनुहार आफ्नो सहोदर भाई बहिनि संग काटीकुटी मिल्न जान्छ , आउनुहोस ति कुन कुन सेलिब्रेटीका भाई बहिनि एक अर्काका हुबहु कार्बन कपि हुन् त जानिराखौं ;

अनुपम खेर – राजू खेर

बलिउडका सफल एवम बरिष्ट अभिनेता अनुपम खेरको चलचित्र क्षेत्रमा अलग पहिचान रहेको छ। अनुपमका दाई राजु खेर पनि चलचित्र क्षेत्रमा नै कार्यरत रहेका छन तथापी अनुपमको जस्तो प्रसिद्धि उनले कमाउन सकेका छैनन्। यी दुई दाजु भाईको अनुहार एक अर्कामा ठ्याक्कैमिल्न जान्छ नपत्याए हेर्नुहोस त ।

भारती सिंह – पिंकी सिंह

भारतीय चर्चित कमेडियन भारती सिङ्ग र उनकी बहिनी पिंकी सिंहको अनुहार पनि हुबहु मिल्दोजुल्दो रहेको छ। उनै  भारती  केहि समय अघि मात्र बिवाह बन्धनमा बाँधिएकी हुन्।

कंगना रनौत – रंगोली चंदेल

बलिउड अभिनेत्री कंगना रौनत र उनकी दिदि रंगोली चंदेलको अनुहार पनि एकअर्का संग मिल्दोजुलो छ। यी दुई बहिनि बेलाबेलामा विभिन्न विवादास्पद कुराका कारण चर्चामा आउने गरेका छन।

अनिल कपूर – संजय कपूर

बलिउडका बरिष्ट कलाकार अनिल कपुर र उनका दाजु संजय कपुरको अनुहार पनि एकअर्का संग मिल्दो छ। संजयले चलचित्र क्षेत्रमा खासै सफलता कमाउन नसके पनि आफ्नो अलग खालको बनाउनमा भने सफल भएका छन।

शिल्पा शेट्टी – शमिता शेट्टी

अभिनेत्री शिल्पा शेट्टी आजभोलि चलचित्रमा भन्दा बढी टिभी रियालिटी शो हरुमा बढी ब्यस्त रहने गरेकी छिन। उनकी बहिनि शमिता शेट्टी उनको अनुहार पनि शिल्पाको अनुहार संग मिल्न जान्छ। शमिताले चलचित्र क्षेत्रबाट भने खासै आशातित सफलता हासिल गर्न सकेकी छैनन्।

 

 

प्रकाशित : शुक्रबार, जेठ २४, २०७६०७:११

‘भारत’ प्रदर्शनमा आए लगत्तै सलमान अभिनित अर्को चलचित्रको तोकियो प्रदर्शन मिति !