‘भारत’ प्रदर्शनमा आए लगत्तै सलमान अभिनित अर्को चलचित्रको तोकियो प्रदर्शन मिति !

एजेन्सी , गत बुधवार अर्थात् जुन ६ देखि प्रदर्शनमा आएको सलमान खान र कट्रिना कैफ अभिनित चलचित्र ‘भारत’ ले प्रदर्शनको शानदारको सुरुवात गरेको छ। भारतले हाल सम्म ४२.३ करोडको व्यापार गर्न सफल भईसकेको छ। यसै बिचमा सलमान खान र आलिया भट्ट अभिनित चलचित्र ‘इंशाअल्लाह’ लाई लिएर  नया खबर बाहिरिएको छ। हालै मात्र सलमान अभिनित उक्त चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ।

यो चलचित्रलाई आउदो वर्षको ईदको मौका पारेर प्रदर्शनमा ल्याइने जानकारी गराईएको छ।  लामो समयको अन्तराल पछि सलमानले संजय लिला भन्सालीका साथमा काम गरेका हुन्। जुन चलचित्रमा आलिया भट्ट मुख्य भूमिकामा रहेकी छिन। यस भन्दा पहिले सलमान संजयको जोडी सन् १९९९ मा प्रदर्शनमा आएको चलचित्र ‘हम दिल दे चुके हैं सनम’ मा देखिएको थियो। जुन चलचित्रमा सलमानका अलावा ऐश्वर्या राय र अजय देवगण मुख्य भूमिकामा रहेका थिए।

यस पश्चात भन्सालीद्वारा निर्देशित चलचित्र ‘सांवरिया’ प्रदर्शनमा आएको थियो जुन चलचित्रले बजारमा खासै आशातित व्यापार गर्न नसके पनि अभिनेता रणवीर कपुर र अभिनेत्री सोनाम कपुरले यसै चलचित्र मार्फत बलिउडमा डेब्यु गरेका हुन्।

सलमानले हालै मात्र आलियासंग चलचित्रमा काम गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताएका छन।चलचित्र प्रेमको बिषयसंग सम्बन्धित रहेको छ। स्रोतको जानकारी अनुसार सलमानले चलचित्रमा ४० बर्षीय एक ब्यापारीको भूमिका निर्वाह गर्दै छन भने आलियालाई  २० बर्षीय नव अभिनेत्रीको रुपमा चलचित्रमा देखिने छ। चलचित्रमा सलमान र आलियाको प्रेम सम्बन्धको बारेमा देखाईएको छ।

 

 

 

 

प्रकाशित : शुक्रबार, जेठ २४, २०७६११:२०

आजबाट ३४ बर्षमा लागिन सोनम कपुर, साथी र परिवारका साथमा मनाउदै जन्मदिन !