आजबाट ३४ बर्षमा लागिन सोनम कपुर, साथी र परिवारका साथमा मनाउदै जन्मदिन !

एजेन्सी , बलिवुड सिने उद्योगकी सफल एवम चर्चित अभिनेत्री सोनाम कपुर  आज अर्थात् जुन ९ तारिखका दिनबाट ३४ औं बर्षमा प्रवेश  गरेकी छिन। उनले आफ्ना नजिकका केहि आफन्त साथीभाई एवम परिवारका साथमा जन्मदिन मनाईरहेकी छिन। यसै अवसरमा उनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उनका सुभचिन्तकहरुले जन्मदिनको सुभकामना दिईरहेका छन।

सोनमको  जन्म सन् १९८५ को जुन ९ तारिखका दिन मुम्बईमा भएको हो। प्रसिद्ध कलाकार अनिल कपुरकी छोरी समेत् रहेकी सोनमले चलचित्रमा प्रवेश गर्नु पुर्व संजय लिला भन्सालीका साथमा मिलेर रानी मुखर्जी र अमिताभ बच्चन स्टारर चलचित्र ‘ब्ल्याक’मा असिस्टेन्ट डाईरेक्टरको रुपमा काम गरेकी हुन्। चलचित्रमा आउनु अघि उनको शारीरिक तौल बढी भएकाले हिरोइन बन्नका लागि तौल घटाउनु पर्ने सुझाव भन्सालीले दिए पछि उनले २४ महिनाको अन्तरालमा ८० केजिको  तौलमा ३५ केजी कम गरेकी हुन्।

चलचित्र ‘सावरिया’ सोनमको पहिलो डेब्यु चलचित्र हो।  यस पश्चात उनले थुप्रै सफल चलचित्रहरुमा काम गरिसकेकी छिन। यसका साथै सोनम बलिउडमा फेशन क्विनका नामले समेत परिचित् छिन। कामको कुरा गर्न हो भने उनि अनुजा चौहानको उपन्यासमा आधारित चलचित्र ‘द जोया फैक्टर’ मा देखिदै छिन।जुन चलचित्र जोय सोलंकी नामक महिलासंग सम्बन्धित रहेको छ जो एक ऐडवर्टाइजिंग एजेंसी साथै टिममा समेत सामेल रहेकी छिन।

 

 

 

प्रकाशित : आइतबार, जेठ २६, २०७६०६:१६

सिन्धु मल्ल र अमित बराल को आवाजमा पिरतीको जाल (चैर मुसी चैर) [भिडियो ]