कलाकार संघको अध्यक्षमा सरितालाई हराउदै बिजयी बने रबिन्द्र खड्का !

काठमाडौँ  जेठ २६ ,  सनिवार सम्पन्न भएको चलचित्र कलाकार संघको साधारण सभामा प्रतिष्पर्धी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराई २१८ मत प्राप्त गरी रबिन्द्र खड्का कलाकार संघको अध्यक्षमा निर्वाचित भएका छन। संघको उपाध्यक्षका लागि सानुकुमार ताम्राकार, रेजिना उप्रेती, मनोजकुमार केसी र विनोदकुमार भट्टराईको प्रतिष्पर्धा रहेकोमा रेजिना र सानुकुमारले क्रमश २४३ र १७५ को मत प्राप्त गरि विजय हासिल गरेका हुन्।

महासचिव पदका  लागि चेत बहादुर थापाले १८७ अंक मतले प्रतिस्पर्धी संजय खतिवडालाई हराएका हुन् भने सचिवतर्फ पनाह अधिकारी , कोषाध्यक्षमा सुनिल कटुवाल , सहकोषाध्यक्षमा पवित्रा आचार्य र सदस्यतर्फ जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भएका छन् ।

लामो समयको विवाद र मतभेद पश्चात सम्पन्न भएको चलचित्र कलाकार संघको निर्वाचनमा सानुकुमार बाहेक रबिन्द्र खडकाको प्यानलले नै विजय हासिल गर्न सफल भएको हो।

 

 

प्रकाशित : आइतबार, जेठ २६, २०७६०७:५१

पानी छोएको आरोपमा स्थानीय माथि खुकुरी प्रहार !