पानी छोएको आरोपमा स्थानीय माथि खुकुरी प्रहार !

काठमाडौँ २६ जेठ , कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्की नाम गरेका व्यक्तिले पटक पटक सानो जात भनेर आफुलाई हेपेको र धाराको पानी छोएको आरोपमा स्थानीय सुनील नगरकोटीमाथी आवेसमा आएर खुकुरी प्रहार गरेका छन। घटना शनिवार साँझ घटेको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन।

घटना पछि गम्भीर रुपमा घाइते भएका नगरकोटीलाई स्थानीयबासीले जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारका निमित्त लगेका हुन्। धाराको पानी छोएको निहुमा नगरकोटीले आरोप लगाएपछि आफुले उक्त कुरा सहन नसकी नजिकै रहेको हतियार उठाई प्रहार गर्न बाध्य भएको सार्कीले प्रहरीका सामू स्वीकार गरेका छन।

घटनाको बारेमा थप जानकारी र अनुसन्धानका लागि सार्कीलाई महाशाखाले प्रहरीवृत्त बौद्धलाई जिम्मा लगाएको छ।

 

 

 

 

प्रकाशित : आइतबार, जेठ २६, २०७६०८:५१

नाइजेरियामा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १८ पुग्यो !