नाइजेरियामा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १८ पुग्यो !

Burned down bus, view from outside, damaged walls and flat tire

नाइजेरियाको दक्षिणपश्चिम ओन्डो सहरस्थित  शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।बिपरित दिशाबाट आइरहेको मालबाहक ट्रकसंग राजधानी अबुजातर्फ आइरहेको यात्रुबाहक बस  ठोकिएको हो।

दुर्घटना पश्चात बसमा आगलागी भई बसमा सवार सबैको आगोको कारण मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान लगाएको छ। कमजोर सडकको स्थिति र चालकको लापरवाहिका कारणले गर्दा नाइजेरियामा यस्ता जटिल खालका घटना बेलाबखतमा घट्ने गरेको पाईएको छ। नाइजेरियामा यस्ता भयानक सवारी दुर्घटनाका कारण महिनामा १०० भन्दा बढी व्यक्तिले ज्यान गुमाउने गरेको नाइजेरियाका एक प्रहरी अधिकारीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित : आइतबार, जेठ २६, २०७६०९:१५

श्रीमतीलाई इँटाले हिर्काएर हत्या