सारेगमप लिटिल च्याम्पमा तेस्रो भए नेपालका प्रितम, आयुष चौथो

काठमाडौँ , भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो भएका छन् । फाइनलमा पुग्न सफल ६ जना जना मध्ये अर्का नेपाली बालक आयुष केसी भने चौथो भएका छन् ।   आयुष र प्रितम २० हजार भन्दा बढी प्रतिस्पर्धीहरुलाई पछि पर्दै फाइनलमा पुगेका थिए ।

फाइनलमा पुग्नुभन्दा पहिले अर्थात् सेमिफाइनलमा प्रितमले ‘हम दिल दे चुके सनम’ को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए भने आयुषले कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ गाएका थिए।

नेपालका दुई बालगायकले सारेगमपामा नेपालको नाम चिनाउन भरपुर प्रयास गरेका छन् । फाइनलमा आयुष र प्रितम सहित ,अनुष्का पात्रा, सुगन्धा दाते, आस्था दास  र भारतीय बालक महम्मद फैजले प्रस्तुति दिएका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए ।

 

 

प्रकाशित : आइतबार, जेठ २६, २०७६१५:३७

‘भूल भुलैया २’ मा अक्षय कुमारका साथमा देखिदै छन कार्तिक आर्यन !