‘भूल भुलैया २’ मा अक्षय कुमारका साथमा देखिदै छन कार्तिक आर्यन !

एजेन्सी , बलिउडमा एक पछि अर्को गर्दै लगातार सुपरहिट चलचित्र दिदै आएका चकलेटी नायक कार्तिक आर्यन पछिल्लो समय सेफ अलि खानको हिट चलचित्र ‘लव आज कल’ को दोस्रो भाग ‘लव आज कल २ को छायांकनमा  ब्यस्त रहेका छन। यस चलचित्रमा उनका साथमा अभिनेत्री सारा अलि खान पनि संगै चलचित्रको पर्दामा देखिदै छिन। यसै बिचमा  यस चलचित्र पश्चात कार्तिक अक्षय कुमारको सुपरहिट चलचित्र ‘भूल भुलैया’ को सिक्वेल मा अक्षयका साथमा देखिन सक्ने खबर बाहिरिएको छ।

मिडिया रिपोर्टका अनुसार ‘भूल भुलैया २ ‘ का लागि निर्माण टिमले कार्तिकको नाम फाइनल गराईसकेका छन। ‘लव आज कल २ ‘ पश्चात कार्तिक भूमि पेडनेकर र अनन्या पांडेक साथमा ‘पति पत्नी और वो’ मा देखिने छन भने।  चलचित्रको कथाबस्तु मन परेको खण्डमा अक्षयका साथमा भुल भुलैयामा पनि देखिन सक्ने सम्भावना  रहेको छ।

गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लुका छुपी’ मा आर्यनलाइ अभिनेत्री कृति सेननका साथमा देखिएको थियो। जुन चलचित्रले बक्स अफिसमा दमदारको व्यापार गर्न सफल भएको थियो। कार्तिकको व्यक्तिगत जीवनको बारेमा कुरा गर्दा पछिल्लो समयमा उनको सारा अलि खान संगको सम्बन्धले बजार तताईरहेको छ।

 

 

प्रकाशित : सोमबार, जेठ २७, २०७६०८:००

पति निकलाइ यस नामले बोलाउछिन प्रियंका, यसरी भयो खुलासा !