पति निकलाइ यस नामले बोलाउछिन प्रियंका, यसरी भयो खुलासा !

प्रियंका चोपडा र निक जोनस बिवाह पस्चात समय समयमा चर्चामा आउने गरेका छन। यी  दुई सामाजिक संजालमा पनि सक्रिय रहने गरेका छन साथै विभिन्न तस्बिर पनि शेयर गर्दै आइरहेका छन।  जसलाई सामाजिक संजाल प्रयोगकर्ताले मन पराउने समेत गरेका छन। यी दुई एकअर्कालाई माया गर्नमा कुनै कसर बाँकि छोड्दैनन। तर के तपाईलाई थाहा छ प्रियंकाले आफ्ना पति निकलाई कुन नामले बोलाउने गरेकी छिन।  यदि छैन भने आउनुहोस निकको निक नेमको बारेको रहस्य थाहा पाईहालौं !

निकलाई प्रियंकाले कुन नामले बोलाउछिन भन्ने कुराको खुलासा निकको एक इंस्टाग्राम पोस्ट मार्फत भएको हो। केहि समय अघि मात्र चलचित्रको छायांकनका लागि भारत आएकी प्रियंकाको निकलाई यस समय उनको यादले सताईरहेको छ। हालै मात्र निकले प्रियंकाका साथमा एक सेल्फी पोस्ट गर्दै क्याप्सनमा ‘मिस यु’ लेखेका छन।  जसको प्रतिउत्तरमा प्रियंकाले पनि  ‘आइ अल्सो मिस यु बाबु’ भन्दै लेखेकी छिन।

यस तस्बिरलाई पछिल्लो समय उनका शुभचिन्तकले मन पराईरहेका छन। प्रियंका ‘द स्काई इज पिंक’ नामक चलचित्रको सुटिंगका लागि यस समय भारतमा रहेकी छिन।  जुन चलचित्रमा प्रियंकाका साथमा ‘फरहान अख्तर’ मुख्य भूमिकामा रहेका छन। यस चलचित्रक छायांकन पश्चात प्रियंका एक हलिउड प्रोजेक्टमा देखिने भएकी छिन।

 

 

 

प्रकाशित : सोमबार, जेठ २७, २०७६०९:१९

‘८३’ मार्फत एकसाथ चलचित्रको पर्दामा देखिदै रणवीर दीपिका !