भोलि जेठ महिनाको अन्तिम मंगलबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल जेठ महिनाको २८ गते मंगलवार तद अनुसार सन् २०१९ जुन ११ तारिख , तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस आजको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

भविष्यका लागि आर्थिक योजनाका कार्यहरुका लागि समय अनुकुल रहेको छ। आर्थिक तथा व्यवसायिक दृष्टिले दिन लाभदायक रहेको छ। शारीरिक तथा मानसिक स्वस्थता हुनेछ।  परिवार र साथीभाईका साथमा समय आनन्दायी बित्नेछ।  सामाजिक कार्यमा मन जानेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

बोलीको प्रभावकारीतामा वृद्धि भएर जानेछ ,जसले गर्दा बिशेष लाभ मिल्ने देखिन्छ।  शुभ कार्य गर्नका लागि प्रेरणा मिल्नेछ।साहित्य लेखनको क्षेत्रमा अभिरुचि बढ्ने छ।  अपेक्षा गरे अनुसार कार्यमा परिणाम प्राप्त हुने छैन।  पेट सम्बन्धी समस्याले सताउने छ।  बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्र अनुकुल रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

मानसिक द्विविधा र उल्झनका कारण महत्वपुर्ण निर्णय लिन सकिने छैन।  मानसिक अस्वस्थताको अनुभूति हुनेछ।  आर्थिक कारोवारको क्षेत्रमा लाभ मिल्नेछ।  स्वास्थ्यमा समस्या देखिन सक्नेछ।  समग्रमा तपाईका लागि भोलिको दिन मध्यम फलदायी रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)

शारीरिक तथा मानसिक ताजगीका साथै पारिवारिक वातावरण पनि आनन्दमय रहने छ।  अचानक मित्रभेट हुने सम्भावना रहेको छ।  नयाँ कार्यको थालनी गर्नका लागि समय शुभ रहेको छ।  आर्थिक लाभ भएर जानेछ।  भाग्योदय हुने सम्भावना रहेको छ। छोटो यात्रामा निस्कने सम्भावना रहेको छ।  मान सम्मानमा वृद्धि भएर जानेछ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

परिवारका साथमा सुख शान्तिको अनुभूति हुनेछ। स्त्री वर्गका तर्फबाट लाभ मिल्नेछ।  बोलीको प्रभावकारितामा वृद्धि भएर जानेछ।  आम्दानीको तुलनामा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  उत्तम भोजनको अवसर प्राप्त भएर जानेछ। निर्धारित कार्यमा सफलता मिल्नेछ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

बैचारिक समृद्धिमा वृद्धि भएर जानेछ। बोलीको प्रभाव बढेर जानेछ।  स्वादिष्ट भोजनको अनुभूति मिल्नेछ। शारीरिक तथा मानसिक स्वस्थता रही रहनेछ।  दाम्पत्यजीवनमा खुसियाली छाउने छ।  सुखद यात्राको सम्भावना रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मनमा नकारात्मक विचार आउन नदिनुहोला। बाणी तथा व्यवहारमा संयमितता अपनाउनु पर्नेछ।  अचानक हुने दुर्घटनाबाट बच्नु पर्नेछ।  मनोरन्जनात्मक कार्यको पछाडी धन खर्च भएर जानेछ।  स्वास्थ्य सामान्य रहेको छ।  आध्यात्मिक ध्यान कृतिमा लाग्नाले हरेक समस्याबाट मुक्ति पाउन सकिन्छ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

नोकरी व्यवसायको क्षेत्रमा लाभ प्राप्त भएर जानेछ।  साथी भाईका साथमा आनन्दमय समय व्यतित भएर जानेछ। दाम्पत्य सुखको अवसर मिल्नेछ।  पुत्र तथा पत्नीको तर्फबाट लाभ मिल्नेछ। व्यवसायमा सहकर्मीको प्रसस्त साथ र सहयोग प्राप्त भएर जानेछ।  संसारिक जीवनमा आनन्दको अनुभव हुनेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

सामाजिक कार्यमा मन जानेछ।  व्यापार व्यवसायको क्षेत्रमा आर्थिक लाभ भएर जानेछ।  व्यवसायको लागि यात्रामा निस्कने सम्भावना रहेको छ।  कार्यमा उच्च अधिकारीको प्रसस्त साथ र सहयोग मिल्नेछ।  नोकरीमा पदोन्नतिको सम्भावना रहेको छ।  समग्रमा धनु राशी हुनेहरुका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

बौद्धिक तथा लेखन कार्यको क्षेत्रमा रुचि बढ्ने छ।  मानसिक उद्वेगको भावना पैदा भएर जानेछ।  अनावश्यक शारीरिक थकान र आलस्यताको अनुभव हुनेछ।  पढाई लेखाईको क्षेत्रमा खासै सफलता प्राप्त हुने छैन।  स्वास्थ्यमा समस्या देखिन सक्ला।  अनावश्यक खर्चको मात्रामा वृद्धि भएर जानेछ। समग्रमा मकर राशी हुनेहरुका लागि भोलिको दिन मध्यम फलदायी रहनेछ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

मनमा नकारात्मक भाव पैदा हुनबाट बच्नु पर्नेछ। अपेक्षागरे अनुरुप कार्यमा सफलता नमिल्नाले मानसिक हताशा उत्पन्न भएर जानेछ।  स्वास्थ्य सामान्य रहने छ।  बाणीमा संयम रहनु पर्नेछ।  आध्यात्मिक ध्यान कृतिमा लाग्नाले मानसिक तनाव कम गर्न सकिन्छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

मनोरन्जनात्मक कार्यको पछाडी दिन व्यतित हुनेछ।  कलाकारिता तथा लेखन कार्यको क्षेत्रमा प्रतिभा प्रस्फुटन गर्ने समय रहेको छ।  व्यापार व्यवसायको क्षेत्रमा समय लाभदायक रहेको छ। यात्रामा निस्कने सम्भावना रहेको छ।  दाम्पत्यजीवनमा सुमधुरता छाउने छ।  सामाजिक क्षेत्रमा मान प्रतिष्ठामा वृद्धि भएर जानेछ।

प्रकाशित : सोमबार, जेठ २७, २०७६१३:१८

भोलि जेठ महिनाको अन्तिम बुधवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !