भोलि जेठ महिनाको अन्तिम दिन, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल जेठ महिनाको ३२ गते शनिवार तद अनुसार सन् २०१९ जुन १५ तारिख , तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस आजको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

धार्मिक एवम आध्यात्मिक कार्यमा मन जानेछ।  मनमा उत्साह बढेर जानेछ। बाणी तथा व्यवहार संयमितता अपनाउनु पर्नेछ। शत्रु परास्त भएर जानेछन। नयाँ कार्यको थालनी गर्ने अनुकुल समय रहेको छैन।  पढाई लेखाईको क्षेत्रमा रुचि बढ्ने छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

दमप्टी जीवनमा खुसियाली छाउने छ। परिवार तथा साथीभाईको साथमा घुम्ने फिर्ने समय रहेको छ।शारीरिक तथा मानसिक प्रसन्नताको अनुभूति हुनेछ। ब्यापार व्यवसायको क्षेत्रमा विकास भएर जानेछ।  सामाजिक एवम सार्वजनिक स्थानमा यश कृतिमा वृद्धि हुने योग रहेको छ। आकस्मिक धन लाभ भएर जानेछ।  शुभ समाचार सुन्ने अवसर मिल्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

अधुरा रहेका कार्यहरु पूर्ण भएर जानेछ। परिवारमा हर्षोल्लास र आनन्दमय समय व्यतित हुनेछ।  स्वास्थ्य अनुकुल रहनेछ। कार्यमा सफल मिल्नाका साथै मान सम्मानमा वृद्धि भएर जानेछ। नोकरी व्यवसायको क्षेत्रमा लाभ मिल्नेछ। अचानक धनलाभ हुने सम्भावना रहेको छ।  समग्रमा मिथुन राशी हुनेहरुका लागि भोलीको दिन शुभ फलदायी रहेको छ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

शारीरिक एवम मानसिक अस्वस्थताको शिकार भइने छ। अचानक हुन सक्ने यात्राका कारण खर्चको मात्रामा वृद्धि भएर जानेछ।  पेटसम्बन्धी समस्याले सताउने छ। अनावश्यक बादबिवादमा फस्ने सम्भावना रहेको छ। नया कार्यको थालनी गर्नका लागि समय अनुकुल देखिदैन।  धार्मिक एवम आध्यात्मिक कार्यमा रुचि बढ्ने छ।

सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

मानसिक चिन्ताका कारण परिवारमा अनावश्यक मनमुटाव हुने सम्भावना रहेको छ। माताको स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने छ।  पैतृक सम्पतिमा सावधान रहनु पर्नेछ।  नोकरी व्यवसायको क्षेत्र खासै अनुकुल रहेको छैन। धार्मिक एवम आध्यात्मिक कार्यमा मन लगाउने गर्नाले बिशेष फाइदा पुग्ने देखिन्छ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

कुनै कार्य गर्दा गहन सच र चिन्तनले गर्नुपर्ने छ अन्यथा कार्य बेकार हुन सक्ला।  भावनात्मक सम्बन्ध स्थापित हुनेछ। दाजु भाईको सम्बन्धमा सुमधुर सम्बन्ध स्थापित हुनेछ। आध्यात्मिक सिद्धि प्राप्त गर्ने समय रहेको छ। प्रतिस्पर्धात्मक कार्यमा विजय हासिल गर्ने समय रहेको छ।  समग्रमा कन्या राशी हुनेहरुका लागि भोलिको दिन मिश्र फलदायी रहेको छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

मनमा नकारात्मक भाव पैदा भएर जानेछ।  बाणी तथ् व्यवहारमा बिशेष संयमितता अपनाउनु पर्ने देखिन्छ। अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  स्वास्थ्यमा समस्या देखि सक्नेछ।  परिवारका सदस्यका बिचमा अनावश्यक झैँ झमेलाको स्थिति सिर्जना हुन सक्ला। बिद्यार्थी वर्गका लागि पढाई लेखाईको क्षेत्रमा खासै सफलता मिल्ने छैन।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

शारीरिक तथा मानसिक रुपले प्रसन्नताको अनुभूति हुनेछ। पारिवारिक माहोलमा खुसियाली छाउने छ।  प्रियजनसंग मिल्ने अवसर मिल्नेछ।  मांगलिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आकस्मिक धनलाभ भएर जानेछ।  यात्राको सम्भावना रहेको छ।  दाम्पत्य जीवन सुखमय बित्नेछ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

मानसिक क्रोधको कारणमा परिवारमा झैँ झमेलाको स्थिति सिर्जना हुनेछ। बोल्दा विचार पुर्याउनुपर्नेछ। अचानक हुन् सक्ने दुर्घटनाबाट बच्नु पर्नेछ। स्वास्थ्यमा आएको अचानक परिवर्तनले गर्दा धन खर भएर जाने सम्भावना रहेको छ। अनावश्यक कार्यमा समय व्यतित हुनेछ।  सरकारी कार्यमा खासै सफलता पाइने देखिदैन।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

सोचेका हरेक कार्यमा सफलता मिल्नेछ। अचानक मित्रभेटले गर्दा मन प्रफुल्लित हुनेछ। वैवाहिको योगको समय रहेको छ। नोकरी धन्दाको क्षेत्रमा आयआर्जनमा वृद्धि भएर जानेछ।  पारिवारिक वातावरण आनन्दमय बित्नेछ।  नया चिज बस्तु खरिद गर्ने शुभ समय रहेको छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

कार्यमा सफलता मिलनले मनमा उत्साहको मात्रामा वृद्धि भएर जानेछ। नोकरी व्यवसायको वातावरण अनुकुल रहेको छ। कार्यक्षेत्रमा सहकर्मीको प्रसस्त साथ र सहयोग मिल्नेछ।  स्वास्थ्यमा सुधार भएर जानेछ।  नोकरीमा पदोन्नतिका साथै धनलाभ हुने योग रहेको छ। मान प्रतिष्ठामा वृद्धि भएर जानेछ। दाम्पत्यजीवन सुखमय बित्ने छ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

दिनको सुरुवाती चरणमा मनमा भय र चिन्ताले सताउने छ।  शारीरिक थकान र आलस्यता जाग्ने छ। अपेक्षा गरे अनुरुप कार्यमा सफलता मिल्ने छैन। व्यापार व्यवसायमा खासै प्रगति हुने देखिदैन। सन्तान सुख मिल्नेछैन।  अनावश्यक रुपमा खर्चको मात्रामा वृद्धि भएर जानेछ।  समग्रमा मिन राशी हुनेहरुका लागि भोलिको दिन मध्यम रहेको छ।

प्रकाशित : शुक्रबार, जेठ ३१, २०७६१३:०१

भोलि असार ५ गते बिहिबार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !