यी हुन् कफी पिउनुका ५ फाइदाहरु, जानिराखौं !

शारीरिक थकान कम गर्न होस् या आदतको रुपमा होस् मानिसहरु आफुलाई सन्तुष्ट पार्नका लागि चिया या कफीको सेवन गर्ने गर्छन। आवश्यक मात्रामा सेवन गर्न सकेको खण्डमा चिया /कफिले स्वास्थ्यमा नसोचेको फाइदा पुर्याउछ।  यसै सन्दर्भमा आज हामी चिया भन्दा पनि कफीको बारेमा कुरा गर्न गईरहेका छौं ।

कफी स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक पेय पदार्थ हो। तर यसो हो भन्दैमा दिनमा ४०० मिलिग्राम भन्दा बढी मात्रामा भने कफीको सेवन गर्नु हानिकारक रहेको छ। आउनुहोस आवस्यकता अनुसार कफीको सेवन गर्नाले स्वास्थ्य सम्बन्धी पुग्ने फाइदाहरुको बारेमा जान्ने कोसिस गरौँ।

 मेटाबोलिज्मको राम्रो स्रोत 

कफी शरीरमा मेटाबोलिज्मको मात्रामा वृद्धि गर्ने रामो स्रोत हो। यसको सेवनले शरीरमा प्रसस्त उर्जा प्राप्त हुने र शारीरिक थकान पनि कम हुने बिश्वास गरिन्छ। अझै भन्नुपर्दा कफिमा पाइने कफिन तत्वले गर्दा शरीरमा शारीरिक उर्जा प्राप्त हुन्छ।

तौल नियन्त्रण गर्नका लागि 

शरीरको अनावश्यक तौल नियन्त्रण गर्ने सोचमा रहेकाहरुका लागि कफीको सेवन उत्तम उपाय हो। यसमा पाइने फ्याट अक्सिडेन्टले शरीरको  बोसो कम गर्ने काम गर्दछ।

मांशपेशीको दुखाई कम गर्नको लागि 

जिम गर्दा मांशपेशीमा भएको दुखाई कम गर्नका लागि कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक रहेको छ। एक अध्ययनका अनुसार कफीको सेवनले करिब ४८% शारीरिक दुखाई कम गर्न मदत पुर्याउछ।

रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि

कफिमा पाइने एन्टी अक्सिडेन्टले शरीरको रोग प्रतिरोधत्मक क्षमताको वृद्धि गर्न मदत गर्दछ।  एक अध्ययनका अनुसार  कफी मधुमेह, क्यान्सर , अल्जाईमर जस्ता समस्या कम गर्नका लागि समेत प्रभावकारी रहेको छ।

माईग्रेन सम्बन्धी समस्याको लागि

कफी माईग्रेन, टाउको दुखाई जस्ता समस्याका लागि उपयोगी रहेको छ। दुखाइको कारण मस्तिष्कमा राम्रोसंग रक्तसंचार नहुदा ब्लड प्रेसर कम हुन् टाउको दुख्ने समस्या देखा पर्न थाल्छ। कफीले रगतको गति तिब्र बनाई टाउको सम्म रगतको मात्रा पुर्याउन मदत गर्दछ।

 

 

प्रकाशित : बुधबार, असार ११, २०७६१२:३२

परबलको सेवनले स्वास्थ्यमा पुर्याउने फाइदाहरु , जानिराखौं !