परबलको सेवनले स्वास्थ्यमा पुर्याउने फाइदाहरु , जानिराखौं !

परबलको तरकारी अधिकांशलाई मन नपर्ने तरकारी अन्तर्गत पर्दछ।  तर के तपाइलाई थाहा छ परबलको तरकारी कुनै बरदान भन्दा कम छैन। यसमा पाइने क्याल्सियम , प्रोटिन , भिटामिन ए , बि , र सी ले बिभिन्न रोगसँग लड्ने क्षमतामा वृद्धि गर्नका साथै स्वास्थ्य सम्बंधी जोडिएका हरेक समस्याको समाधान गर्न सहयोग पुर्याउछ। यति मात्र नभई परबलको प्रयोग आयुर्वेदमा विभिन्न औषधी बनाउनका लागि व्समेत गर्ने गरिन्छ। यसै सन्दर्भमा आज हामी परबलले स्वास्थ्य सम्बन्धी पुर्याउने फाइदाहरुको बारेमा बताउन जादै छौँ आउनुहोस।

तौल घटाउनका लागि 

अनावश्यक रुपमा बढेको तौल नियन्त्रण गर्नाका डाईटमा परबलको प्रयोग गर्नु आवश्यक छ। लो क्यालोरी र हाई फाइबरको मात्रा हुने कारणले गर्दासेवनले हाम्रो शरीरमा रगत सफा बनाउने काम गर्दछ।  लागि याको सेवनले भोक नियन्त्रण गरि अनावश्यक वजन घटाउनमा बिशेष फाइदा पुर्याउने देखिन्छ।

रगत सफा राख्न मदत 

परबलको सेवनले शरीरमा रगत सफा बनाउनमा मदत गर्दछ जसले स्वास्थ्यमा मात्र नभई ब्युटी प्रब्लम्स सम्बन्धी समेत छुटकारा दिने गर्दछ।

फ्लुबाट बच्नका लागि

मौसमको परिवर्तनसंगै फैलिने विभिन्न समस्याका लागि परबलको सेवन गर्नु अत्यन्तै लाभदायक रहेको छ।

 पाचन क्रियाका लागि

गर्मीको समयमा खाना अपच हुने, ग्यास्ट्रिक हुने आदि समस्याका लागि यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको छ।

मधुमेह र कोलेस्टोरेल नियन्त्रणका लागि

परबलको सेवनले मधुमेहको स्तर नियन्त्रण गर्नुका साथै कोलेस्टोरेल पनि बढ्न दिदैन।  साथमा यसले मुटुसंग सम्बन्धी समस्याका लागि समेत फाइदाजनक रहेको छ।

छालासम्बन्धी समस्याका लागि

१ चम्चा परबलको पातलाई पिसेर रस बनाई मनतातो पानीमा नियमित रुपमा पिउने गर्नाले छाला सम्बन्धी बिशेष लाभ मिल्ने देखिन्छ।

माइग्रेन

माइग्रेनको समस्याबाट छुटकारा पाउनका लागि परबल रामबाण साबित हुन सक्छ। यसका लागि परबलको पात पिसेर टाउकोमा हल्कासँग मसाज गर्नाले माईग्रेनको समस्याबाट तुरुन्तै छुटकारा पाउन सकिन्छ।

 

प्रकाशित : बिहिबार, असार १२, २०७६०९:४२

डेंगु के हो यसका लक्षण र रोकथामका उपायहरु के के हुन सक्लान , जानिराखौं !