डेंगु के हो ?
डेंगु एक प्रकारको यस्तो रोग हो जुन एडीज इजिप्टी नामका लामखुट्टेको कारणबाट सर्ने गर्दछ। यस रोग लागे पश्चात सुरुमा ज्वरो आउने समस्या देखा पर्दछ। यस समयमा आउने ज्वरो अति नै दर्दनाक हुनका साथै शरीर कमजोर बनाउने खालको हुने हुन्छ । डेंगु महामारीको रुपमा फैलिएको समयमा यसले एकै समयमा अनेक प्रकारका जीवाणुहरुलाई सक्रिय बनाउने काम गर्दछ। सामान्यतया डेंगुको संक्रमण बर्षातको समयमा महामारीको रुपमा फैलिने गर्दछ किनकि बर्षातको समयमा खाल्डा खुल्डिमा जमेर रहेको पानीमा यसको संक्रमण फैलाउने लामखुट्टे सक्रिय भएर बसेको हुन्छ। बिशाणुयुक्त यस रोगलाई कुनै पनि एन्टी बायोटिक औषधीले निको पार्न सकिदैन।
डेंगुबाट सर्ने अन्य रोगहरु
डेंगु एकप्रकारको जटिल रोग हो यसले कुनै पनि समयमा जटिल रुप लिन सक्छ। कुनै समयमा यसले डेंगु सक सिन्ड्रोम र रक्ताश्राबी डेंगु जस्ता खतरनाक रुप धारण गर्दछ। डेंगुको कारणबाट शरीरमा पानीको मात्रा कमि हुने , अनावश्यक रुपमा रगत बग्ने , प्लेट्लेट्स घट्ने , रक्तचाप कम हुने , रोग प्रतिरक्षा प्रणालीमा कमि आउने आदि इत्यादी समस्या देखा पर्न थाल्दछ।
डेंगुका प्रकारहरु
डेंगुको भाइरस ४ विभिन्न प्रकारको हुने गर्दछ। सामान्यतया डेंगु १, २ , ३ र ४ गरि ४ सरोटाईपका हुने गर्दछ। १ र ३ सरोटाईप २ र ४ को तुलनामा कम खतरनाक हुने गर्दछ। टाइप ४ डेंगुको लक्षणमा रिंगटा लाग्ने ,ज्वरो आउने साथै प्लेट्लेट्सको मात्रा कम हुन्छ जहाँ कि टाइप २ मा हाईमोरहैगिक ज्वरो आउने , शारीरिक थकान र आलस्यता बढ्ने जस्ता लक्षणहरु देखा पर्दछ। हरेक प्रकारका डेंगुमा हीमोरहैगिक ज्वरो आउने खतरा रहन्छ। डेंगु २ को भाइरसमा गम्भीर डेंगु हुन सक्ने खतरा रहन्छ।
डेंगुका लक्षणहरु
-टाउको तथा ढाड दुख्ने , ज्वरो आउने , कमजोर हुने
-रक्तचाप सामान्य भन्दा कम हुने, आँखा रातो हुने , छालाको रंग गुलाबी रंगको हुने
– हात खुट्टा रातो हुनका साथै शरीरमा रगतको मात्रा कम हुने
-नाकबाट रगत बग्नु आदि डेंगुका खतरनाक लक्षणहरु हुन्।
रोथामका उपायहरु
डेंगुको रोकथामका लागि सर्बप्रथम डेंगु संक्रमण हुने लामखुट्टेको टोकाईबाट बच्नुपर्ने छ। यो रोग एडीज इजिप्टी नामक लामखुट्टेको कारणले लाग्ने गर्दछ। डेंगुको संक्रमण भएको लामखुट्टेले बिशेषगरि बिहानको समयमा टोक्ने गर्दछ। जसलाई नियन्त्रण गर्नका लागि पानी जम्ने खाल्डा खुल्डी पुरिदिने , सुत्दा दिनहु जुलको प्रयोग गरेर सुत्ने , घर वरपरको वातावरण सधै सफा राख्ने , लामखुट्टे धपाउने धुप बाल्ने , क्रिम लगाउने , शरीर ढाक्ने कपडा लगाउने आदि कार्यहरु गर्न पर्दछ। डेंगुबाट बच्नका लागि समयमा नै यसका लक्षणहरु पहिचान गरि समयमा नै डाक्टरको उचित सल्लाह लिनु आवश्यक छ। यदि संक्रमण भईसकेपश्चात पनि यसलाई वास्ता नगरिएको खण्डमा यसले हेमोरेजिक फीवरको रुप लिने गर्दछ।
डेंगुको उपचार
डेंगुको ज्स्तिल अवस्थामा बिरामीलाई अस्पतालमा भर्ना गर्नु पर्ने स्थिति रहन्छ। तथापी सामान्य अवस्थामा भने डेंगुको घरेलु तरिकाले नै उपचार गर्न सकिन्छ। जसका लागि बिरामीलाई प्रसस्त मात्रा तरल पदार्थ खुवाउने जस्तै सुप , निबुवा , जुस आदि। डेंगु एक किसिमको भाइरल इन्फेक्सन हो यस रोगका लागि संक्रमित व्यक्तिलाई एंटीबॉयटिक औषधि दिनु आवश्यक छैन। ज्वरोको लागि सिटामोल र पानी पट्टिको सहायता लिन सकिन्छ भने रक्ताश्राबका लागि प्लेट्लेट्स दिनु आवश्यक छ। डेंगुको ज्वरो २ देखि ७ दिन सम्म कायम रहन्छ। घरायसी उअप्चर मार्फतले पनि यदि रोग निको नभएको खण्डमा तुरुन्तै चिकित्सकको उचित परामर्श लिनु आवश्यक छ।
डेंगुको घरेलु उपचार
डेंगु रोगबाट बच्नका लागि घरमा तुलसीको बिरुवा लगाउनु पर्दछ तुलसीबाट आउने सुगन्धका कारण डेंगु संक्रमित लामखुट्टे टाढा भाग्दछ। घर तथा घर वरपरको वातावरण सफा राख्ने , बिहान बेलुका लामखुट्टे भगाउने किटनाशक बिषादी प्रयोग गर्ने , शरीर ढाक्ने कपडा लगाउने , सुत्दा नियमित रुपमा झुलको प्रयोग गर्ने तथा बाहिरबाट आए पछि हात खुटा राम्रो संग धुने गर्नु पर्दछ। यसका अलावा पिपलको पातलाई पिसेर जुस सेवन गर्नाले डेंगु हुने खतराबाट बच्न सकिन्छ।
बिशेषगरि बर्षातको समयमा फैलन सक्ने डेंगुको संक्रमणबाट बचि यदि लक्षण देखिएको खण्डमा समयमा नै डाक्टरको उचितपरामर्श लिनु आवश्यक छ। वातावरण सफा राखौं स्वस्थ रहौं !