आजबाट प्रसारण हुदै ‘नेपाल लोक स्टार’, बिजेताका लागि ५० लाख नगद !

असार १२ काठमाडौँ , मौलिक लोकभाकालाई आधार बनाएर प्रसारणमा ल्याउन लागिएको सिङगिङ रियालिटी शो ‘आईएमई नेपाल लोक स्टार’ आजबाट प्रत्येक बिहिवार र शुक्रवार राती साढे  ८ बजेदेखि एपी वान एचडी र रमाइलो टेलिभिजन मार्फत  प्रसारण हुने भएको छ। यस रियालिटी शो लाई युट्युब मार्फत पनि लाइभ हेर्न सकिने आयोजक चाहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिएका छन।

उनका अनुसार युट्युबमा लाइभ शो हेर्ने प्रथम ५० कमेन्ट र शेयर गर्नेमध्ये  एक जनालाई कलरर्सको वानई स्मार्टफोन र प्रत्यक्ष रुपमा २ शो हेर्ने व्यवस्था रहेको समेत बताएका छन। लोक भाकालाई उच्च प्राथमिकतामा राखिएको यस शोमा उत्कृष्ठ १० सम्म निर्णायकको ५० प्रतिशत र भोटिङको ५० प्रतिशतका आधारमा प्रतिस्पर्धी छनोट हुने साथै उत्कृष्ठ १० बाट ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटका आधारमा प्रतिस्पर्धीको छनोट हुने कोइरालाले बताएका छन।

फाइनलसम्म ८० प्रतिशत दर्शक र २० प्रतिशत निर्णायकको भोटको आधारमा प्रतिस्पर्धी छनोट हुनेछन भने फाइनलमा दर्शकको भोटको आधारमा बिजेताको घोषणा गरिने छ। लोकगायक रामजी खांड , सुनिता दुलाल, जयनन्द लामा , बिबि अनुरागी निर्णायक रहने यस रियालिटि शो  ‘नेपाल लोक स्टार’मा प्रथम हुने बिजेताका लागि सहित ५० लाख , दोश्रो हुनेले २५ लाख र तेस्रो हुनेका लागि १० लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ।

 

 

 

 

प्रकाशित : बिहिबार, असार १२, २०७६०८:५३

धादिङ्गमा बस दुर्घटना २ जनाको मृत्यु ३१ घाइते !