धादिङ्गमा बस दुर्घटना २ जनाको मृत्यु ३१ घाइते !

असार १५ काठमाडौँ , काठमाडौँबाट लुम्बिनीतर्फ जादै गरेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आइतवार धादिङ्गको बेनिघाटस्थित एक आपसमा ठोक्किदा २ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ।

माइक्रोबसले संगै आइरहेको बसलाई ओभरटेक गर्न खोज्दा बिपरित दिशाबाट आइरहेको बससंग माइक्रोबस अकस्मात ठोक्किन पुगेको प्रहरीले जनाएको छ।  दुर्घटनामा परि ३० जना घाइते भएका छन।  घाइते भएका सम्पूर्णको धादिङ्गका विभिन्न अस्पताल उपचार भईरहेको छ।

 

 

प्रकाशित : आइतबार, असार १५, २०७६०८:१०

२७१ करोड पैसा र २ सन्तानसहित फरार भईन युएईकी रानी !