यी हुन् सबैभन्दा उच्च स्थानमा निर्माण गरिएका विश्वका ५ खतरनाक पुलहरू !

जब बिश्वमा पहिलो पटक पुल बन्न सुरु भएको थियो तब कसैले पनि सोचेका थिएनन कि पुलको उचाई कति माथि सम्म पुग्न सक्छ भनेर।  हजारौं फिट उचाई भएको संसारमा थुप्रै पुलहरुको निर्माण भएका छन। जसलाई देखेर मानिसमा चक्कर लाग्न सक्छ। यसै सन्दर्भमा आज हामी विश्वका सबैभन्दा बढी उचाईमा निर्माण भएका खतरनाक पुलको बारेमा बताउन गईरहेका छौं आउनुहोस,

 १. रोयल गुर्गे ब्रिज- कोलोराडो

रोयल गुर्गे ब्रिज अमेरिकाको सबैभन्दा ठुलो पुल हो।  जसको निर्माण १२२९ मा गरिएको हो। यस पुलमा करिब ५० बर्ष पुरानो तारको प्रयोग गरिएको छ। पर्यटकीय आकर्षणका लागि यस पुलको निर्माण गरिएको हो।

२. मंकी ब्रिज-भियतनाम

बाँसद्वारा निर्माण गरिएको भियतनामको मेकांग डेल्टामा आकर्षक पुलहरुको निर्माण गरिएको छ। मानिसहरु यहि पुलको मार्फत द्वारा डेल्टासम्म जाने गरेका छन। जब मानिसहरु यस पुलद्वारा आवतजावत गर्ने गर्छन तब उनीहरु अलग अलग मुद्रामा जाने गर्छन यसै कारणले गर्दा नै यस पुललाई मंकी ब्रिज भन्ने गरिन्छ।

 ३. हुसैनी हैंगिंग ब्रिज- पाकिस्तान

यो पुल पाकिस्तानको नदीमा निर्माण गरिएको छ यहाँकमजोर मुटु भएका जान हम्मे हम्मे पर्दछ। ठुला ठुला ज्ञाप राखिएको कारणले गर्दा पनि अक्सर मानिसहरुलाई यस पुल पार गर्न हम्मे हम्मे पर्ने गरेको छ।

 ४. सेवन मिले ब्रिज- फ्लोरिडा

फ्लोरिडामा अवस्थित रहेको सेवन मिले ब्रिज हेर्दा खासै खतरनाक नदेखिए पनि निकै नै भयङ्कर रहेको छ।

५. डिसेप्‍शन पास ब्रिज- वाशिंगटन स्टेट

यो पुल व्हिद्बेय र फिडाल्गो आइसल्याण्ड को बिचमा १८० फिट उचाईमा निर्माण भएको छ। जब यो ठाउँ कुहिरोले ढाकिएको हुन्छ तब यो पुल अत्यन्तै खतरनाक देखिन्छ।

प्रकाशित : शुक्रबार, असार १३, २०७६१२:३२

मृत्यु भएको २० मिनेट पश्चात पुनर्जीवित भए न्युयोर्कका एक युवक !