दंगल स्टार जायरा वसिमले गरिन बलिउडबाट सन्यास लिने घोषणा !

एजेन्सी , बलिउड अभिनेता आमिर खानको चलचित्र दंगल मार्फत आफ्नो फिल्मी करियर सुरुवात गरेकी अभिनेत्री जायरा वसिमले आइतवार सामाजिक संजाल मार्फत एक पोस्ट शेयर गर्दै आफुले बलिउड चलचित्र क्षेत्रबाट सन्यास लिएको कुरा बताएकी छिन।  राष्ट्रिय पुरस्कार बिजेता जायराले धर्मको कारण आफुले चलचित्र क्षेत्र छोड्न लागेको कुरा जानकारी गराएकी हुन्।

उनीद्वारा शेयर गरिएको यस पोस्टबाटै थाहा हुन्छ कि चलचित्र क्षेत्र छोड्नु उनका लागि कति मुस्किल हो भनेर।  पोस्ट शेयरमा उनले लेखेकी छिन आज भन्दा ५ बर्ष पहिले मा बलिउडमा प्रवेश गर्न चाहन्थे यसले मेरो जीवनमा नसोचेको परिवर्तन ल्याइदियो पछिल्लो ५ बर्षदेखी म यहि कुरा झेल्दै आइरहेको छु यति सानै उनेरमा म यति ठुलो रिस्क लिन चाहन्न त्यसैले नै मैले चलचित्र क्षेत्रबाट सन्यास लिने घोषणा लिएकी हूँ भन्दै लेखेकी छिन।

आमिर खानको चलचित्र दंगल मार्फत चलचित्र क्षेत्रमा पाइला टेकेकी उनले हाल सम्म थुप्रै चलचित्रहरुमा काम गरिसकेकी छिन। हालै मात्र जायराले प्रियंका चोपडा र फरहान अख्तरका साथमा चलचित्र ‘द स्काई इज पिंक’  को छायांकन सकाएकी छिन।बलिउडमा सम्बन्ध तोडे पश्चातको जायराको यो अन्तिम चलचित्र हुनेछ।

 

 

 

 

प्रकाशित : आइतबार, असार १५, २०७६११:२८

‘कबिर सिंह’ले गर्यो आक्रामकको व्यापार, ९ दिनमा गर्यो यति करोडको कमाई !