भोली असार १६ गते सोमवार तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !

भोलि बिक्रम संवत २०७६ साल असार महिनाको १६ गते सोमवार तद अनुसार सन् २०१९ जुलाई १ तारिख, तपाईको दिन कस्तो रहला कसरी बित्ला हेर्नुहोस भोलिको राशिफल !

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)

पारिवारिक वातावरणमा खुसियाली छाउने छ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। बोल्दा बिशेष विचार पुर्याउनु पर्नेछ अन्यथा अनावश्यक मनमुटाव मा फस्ने सम्भावना रहेको छ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ।  खर्चको मात्रामा वृद्धि भएर जानेछ। खानपानमा बिशेष सावधान रहनु पर्नेछ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)

सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा रुचि बढ्ने छ। आर्थिक योजनाका कार्यहरु सरलता पुर्वक सम्पादन भएर जानेछ। नया बश्त्राभुषण  खरिद गर्ने उपयुक्त समय रहेको छ। मनोरन्जनात्मक क्षेत्रमा धन खर्च हुनेछ। उत्तम भोजनको अवसर मिल्नेछ। आकस्मिक धन लाभको सम्भावना रहेको छ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,ह)

बोलीको नकारात्मक प्रभाव पर्न सक्ने भएकाले बाणी तथा व्यवहारमा बिशेष संयमितता अपनाउनु पर्ने देखिन्छ।  आफन्त तथा  साथी भाईका साथमा मनमुटाव हुने सम्भावना रहेको छ। स्वास्थ्यमा समस्या उत्पन्न हुनेछ। मान सम्मानमा बाधा पुग्ने देखिन्छ। खर्चको मात्रा बढेर जानेछ।  मोज शोक तथा मनोरन्जनको पछाडी धन खर्च भएर जानेछ।

कर्कट (हि,हु,हे,हो,डा,डि ,डु,डे,डो)

आर्थिक आयोजना तथा नया कार्यको सुरुवात गर्ने उत्तम समय रहेको छ। [व्यापार व्यवसायमा लाभ , नोकरीमा पदोन्नति हुनका साथै आम्दानीका नया स्रोतहरु खुलेर जानेछ।  पत्नी तथा पुत्रका तर्फबाट लाभ मिल्नेछ।  मांगलिक कार्य हुने सम्भावना रहेको छ।  समग्रमा तपाईका लागि भोलिको दिन शुभ फलदायी रहेको छ।

 सिंह (म,मि,मु,मे,मो,ट,टि,टु,टे)

नोकरी व्यवसायको क्षेत्र लाभदायक रहेको छ। कार्यक्षेत्रमा आफ्नो वर्चश्व कायम राख्न सकिने छ।  आत्मविश्वास र दृढ मनोबलका कारण हरेक कार्य सरलतापुर्वक सम्पादन भएर जानेछ। पिताको तर्फबाट लाभ मिल्नेछ। नोकरीमा  पदोन्नतिको योग रहेको छ। प्रतिभाको उचित कदर हुनेछ।

कन्या (टो,प,पी,पु,ष,ण,ठ,पे,पो)

धार्मिक स्थलको यात्रा हुन सक्ने सम्भावना रहेको छ।  बैदेशिक यात्रा सुखद रहने छ।  भाई बन्धुको तर्फबाट लाभ मिल्नेछ।आर्थिक लाभ हुने सम्भावना रहेको छ। नोकरीमा उच्च पदाधिकारीको साथ र सहयोग मिल्नेछ।  शारीरिक तथा मानसिक स्वस्थता रही रहने छ।

तुला (रा,री,रु,रे,रो,त,ति,तु,ते)

आकस्मिक धनल अभ हुने सम्भावना रहेको छ। आध्यात्मिक सिद्धि प्राप्त गर्ने शुभ समय रहेको छ। स्वास्थ्य सामान्य रहने छ। नयाँ कार्यको प्रारम्भ गर्नका लागि समय खासै उपयुक्त देखिदैन। धार्मिक कार्यमा मन जानेछ।

 वृश्चिक (तो,ना,नि,नु,ने,नो,य,यी,यु)

मनोरन्जनात्मक क्रियाकलापमा समय व्यतित हुनेछ।  सार्वजनिक स्थानमा मान सम्मान मिल्नेछ।  परिवार तथा इष्टमित्रको प्रसस्त साथ र सहयोग प्राप्त हुनेछ। नयाँ बस्त्राभुषण खरिद गर्ने समय रहेको छ। नोकरी व्यवसायको क्षेत्रमा सफलता मिल्नेछ।  आकस्मिक धनलाभ हुने सम्भावना रहेको छ। दाम्पत्यजीवनमा खुसियाली छाउने छ।

धनु (ये,यो,भ,भि,भु,ध,फ,ढ,भे)

नोकरी व्यवसायको क्षेत्रमा लाभ हुने समय रहेको छ। नोकरीमा पदोन्नती हुने योग रहेको छ। आर्थिक लाभ हुने समय रहेको छ। कार्यमा सफलता मिल्नाका साथै  यश कृतिमा वृद्धि हुने समय रहेको छ। शत्रु परास्त भएर जानेछ।

मकर (भो,ज,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,ग,गी)

साहित्य लेखनको क्षेत्रमा रुचि बढ्नेछ। रचनात्मक तथा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा खुसियाली छाउने छ।  सन्तान सुख मिल्नेछ।  शेयर सट्टाको कारोवारमा लाभ हुने देखिन्छ।  समग्रमा मकर राशी हुनेघरुका लागि भोलिको दिन शुभ फलदायी रहने छ।

कुम्भ (गु,गे,गो,स,सी,सु,से,सो,द)

स्वभावमा अधिक भावुकताको कारण मानसिक बेचैनीले सताउने छ। आर्थिक योजनाका कार्यहरु सम्पन्न भएर जानेछ।  बिद्यार्थीवर्गका लागि पढाई लेखाईको क्षेत्र्मा सफलता मिल्नेछ।  सार्वजनिक स्थानमा मानहानी हुने सम्भावना रहेकाले विचार पुर्याउनु पर्नेछ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,च,ची)

दृढ आत्मविश्वासका साथमा महत्वपुर्ण कार्य सम्पादन भएर जानेछ।  हरेक कार्य सरलतापुर्वक सम्पन्न भएर जानेछ। बौद्धिक क्षेत्रमा बिशेष लाभ हुने समय रहेको छ।  दाम्पत्यजीवनमा खुसियाली छाउने छ। छोटो तथा आनन्ददायक यात्राको सम्भावना रहेको छ।  प्रतिस्पर्धाका बिचमा पनि विजय हासिल गर्ने समय रहेको छ।

प्रकाशित : आइतबार, असार १५, २०७६१४:३४

भोली असार १७ गते मंगलवार, तपाईको दिन कस्तो रहला ? हेर्नुहोस् दैनिक राशिफल !