कश्मिरमा बस दुर्घटना २० जनाको मृत्यु !

भारतको कश्मिरस्थित किश्तवाड़ जिल्लामा सोमवार बिहान एक मिनीबस दुर्घटना हुदा २० जनाको मृत्यु भएको किश्तवाड़ प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परि घाइते भएकाहरुलाई कास्मिरमा विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।   कमजोर सडक व्यवस्था र क्षमताभन्दा बढी यात्रु राखिएकाले दुर्घटना भएको स्थानीयको भनाइ रहेको छ।

जम्मू अस्पताल सुत्रले बिबिसीलाई दिएको जानकारी अनुसार दुर्घटनामा परि ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको हुन सक्ने आशंका गरेको छ।

यस वर्ष मात्र यस स्थानमा सडक दुर्घटनामा परि हजारौं यात्रुले ज्यान गुमाउन पुगेका छन। पछिल्लो हप्ता मात्र बस दुर्घटनामा परि ९ जनाको मृत्य भएको थियो।

किश्तवाड़का अधिकारीका अनुसार बसबाट प्रहरी र स्थानीयको सहयोगमा शव निकाल्ने कार्य सुरु भईरहेको जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित : सोमबार, असार १६, २०७६०६:५४

अंग्रेजी मीडियमको फर्स्ट लुक सार्वजनिक , पुलिसको भूमिकामा देखिदै करीना !