अंग्रेजी मीडियमको फर्स्ट लुक सार्वजनिक , पुलिसको भूमिकामा देखिदै करीना !

एजेन्सी , बलिउडकी चर्चित एवम लोकप्रिय अभिनेत्री करिना कपुर पछिल्लो समय चलचित्र ‘अंग्रेजी मिडियम’को छायांकनमा व्यस्त छिन। यसै चलचित्र मार्फत अभिनेता इफरान खानले लामो समय पश्चात चलचित्र क्षेत्रमा पुन प्रवेश गर्दै छन। सामाजिक संजालमा करिनाको फर्स्ट डे सुटिंगको तस्बिर  भाइरल भईरहेको छ। ‘अंग्रेजी मिडियम’ चलचित्र हिंदी मीडियमको सिक्वेल हो।

करिनाले बलिउड चलचित्र उद्योगमा आफ्नो जीवनको करिब १९ बर्ष बिताईसकेकी छिन्। उनले सन् २००० सालमा चलचित्र रिफ्यूजी मार्फत चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन्। चलचित्र अंग्रेजी मिडियमलाई होमी अदजानियाले निर्देशन गर्दै छन भने दिनेश विजन चलचित्रका निर्माता हुन्। यसै चलचित्र मार्फत करिना पहिलोपटक पुलिसको भुमिक्मा देखिदै छिन भने चलचित्रको लन्डनमा छायांकन भईरहेको छ।

 

 

प्रकाशित : सोमबार, असार १६, २०७६०७:५२

लिबियाको शरणार्थी केन्द्रमा हवाई आक्रमण, ४० जनाको मृत्यु ८० घाइते !