टिकटकमा भिडियो बनाउने भन्दै २ युवकले फाले नदीमा फाल ,एकको उद्धार अर्का अझै बेपत्ता !

असार १८ , भारतको उत्तर प्रदेशको देवरियास्थित १९ बर्षीय दानिश र १९ बर्षकै अर्का आशिक़ नाम गरेका युवक टिकटक भिडियो बनाउने चक्करमा नदीमा डुबेका छन। नदीमा खतरनाक स्टन्ट दिने भन्दै यी दुई युवक अचानक पुलबाट दौडिएर नदीमा हाम फालेका हुन्। प्रहरीका अनुसार नदीमा डुबेका मध्ये एकको सकुशल उद्धार भएको र अर्का भने अझैसम्म पनि नदीमा बेपत्ता रहेको जनाएको छ।

साँझपख फ्रेश हुन बाहिर निस्किएका युवकले अचानक नदीमा स्टन्ट गरिरहेका युवक समुहलाई भेटि उनीहरुको भिडियो बनाउन लाग्दा यस्तो घटना घटना पुगेको हो। घटना भए लगतै सयौको संख्यामा नदीको किनारमा मानिसहरुको भिड लागेको थियो।

प्रत्यक्षदर्शिका अनुसार पहिले भिडियो बनाउने भदै दानिश पुलबाट दौदिएक र उनको हौशला बढाउन भन्दै आशिक पनि उनको पछि पछि दौडिएका थिए। बेपता भईरहेका युवकको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

 

 

 

 

प्रकाशित : बुधबार, असार १८, २०७६०७:११

३ बर्षदेखी हराइरहेका श्रीमानसंग टिकटकले गराईदियो श्रीमतीको भेट !