‘सत्ते पे सत्ता’ को रिमेकमा जम्ने भयो ऋतिक र दीपिकाको जोडी !

एजेन्सी , बलिउड चलचित्र क्षेत्रमा पछिल्लो समय  चलचित्रको रिमेक बनाउनेमा होड चल्न थालेको छ।यसै बिचमा क्लासिक चलचित्र ‘सत्ते पे पत्ता’ को रिमेक बन्ने हल्ला पनि बिगत लामो समय अघिदेखि चलचित्रवृतमा चल्दै आइरहेको छ। चलचित्रको अफिसियल रिमेक रोहित शेट्टी र फराह खान मिलेर बनाउने भएका छन्। लामो समय अघिदेखि स्टारकास्टलाई लिएर चर्चामा रहेको चलचित्रमा अन्तत अभिनेत्री दीपिका पादुकोण र अभिनेता ऋतिक रोशन फाइनल भएका छन।

७ भाई बिचको कहानी भनिएको क्लासिक चलचित्र ‘सत्ते पे पत्ता’ मा अभिनेता अमिताभ बच्चन र हेमा मालिनी मुख्य भूमिकामा रहेका थिए। चलचित्रमा सलमान खान , शाहरुख खान , अक्षय कुमार लगायतका कलाकार पनि देखिन सक्ने खबर पछिल्लो समय बाहिरिएको छ।  तथापी  चलचित्रका लागि कुन कुन कलाकार राख्ने भन्नेबारेमा चलचित्रको टिमबाट कुनै पनि आधिकारिक  जानकारी भने प्राप्त भईसकेको छैन।

चलचित्र सत्ते को पत्ता लाई रोहित् शेट्टीले निर्माण गर्दै छन भने चलचित्रमा  फराह खानको निर्देशन रहनेछ। लामो समयको अन्तराल पछी ऋतिक र दीपिका एकसाथ चलचित्रको पर्दामा देखिदै छन जुन कुरा चलचित्रप्रेमि दर्शकका खुसीको कुरा हो। कामको सन्दर्भमा कुरा गर्दा ऋतिक पछिल्लो समय चलचित्र सुपर ३० मा ब्यस्त रहेका छन् भने दीपिका पनि लक्ष्मी अग्रवालको बायोपिक ‘छपाक’को सुटिंग सकेर बसेकी छिन। जुन चलचित्र २०२० सालको जनवरी १० मा प्रदर्शनमा आउने भएको छ।

 

 

प्रकाशित : बिहिबार, असार २६, २०७६०६:१०

भुवन चन्दद्वारा निर्मित चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )