भुवन चन्दद्वारा निर्मित चलचित्र ‘साइनो’ को ट्रेलर सार्वजनिक (ट्रेलर सहित )

असार २७ काठमाडौँ , नेपालकी पहिलो तथा बरिष्ठ अभिनेत्री भुवन चन्द थापाद्वारा निर्मित चलचित्र ‘साइनो’ को अफिसियल ट्रेलर बिहिवार सार्वजनिक गरिएको छ। त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण गरिएको चलचित्रको ट्रेलरमा निरुना मगर , निता ढुंगाना र राजकुमारबिचको प्रेम सम्बन्धलाई देखाईएको छ।

रमेश थापाद्वारा  निर्देशित चलचित्र साइनोमा रामेश्वर कार्कीको छायाँकन, रामजी लामिछानेको कोरियोग्राफी र  बनिश शाहको सम्पादन रहेको छ। शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रलाई अभिमन्यु निरविले लेखेका हुन्।

चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानर निर्माण गरिएको  चलचित्रमा निता ढुंगाना , मिरुना गुरुङ , राजकुमार सहित बसुन्धरा भुषाल , मदनदास श्रेष्ठ , धर्मेन्द्र आचार्य , राजा राजेन्द्र पोख्रेल लगायतका कलाकारको  मुख्य भूमिका रहेको छ। चलचित्र साइनो साउन २४ गतेदेखि नेपालभर प्रदर्शनमा  तयारीमा रहेको छ।

 

 

 

प्रकाशित : बिहिबार, असार २६, २०७६०९:४८

प्रेमी रोहन श्रेष्ठका साथमा बिवाह गर्दै श्रद्धा कपुर !