प्रेमी रोहन श्रेष्ठका साथमा बिवाह गर्दै श्रद्धा कपुर !

एजेन्सी , बलिउड अभिनेत्री श्रद्धा कपूर चलचित्रका साथै आफ्नो व्यक्तिगत जीवनलाई लिएर पनि बेलाबेलामा चर्चामा रहने गर्छिन। उनै श्रद्धा पछिल्लो समय आफ्नो प्रेम सम्बन्धलाई लिएर चर्चामा रहेकी छिन। नेपाली युवक रोहन श्रेष्ठसंग गत बर्षदेखि प्रेम सम्बन्धमा रहेकी श्रद्धाले अन्तत अर्को बर्ष बिवाह गर्ने लगभग पक्का भएको छ।

हालसालैको ताजा जानकारी अनुसार श्रद्धा र रोहन अर्को बर्ष बिवाह गर्ने सुरमा रहेका छन जसका लागि उनीहरु अहिले देखि नै भब्य तयारीमा जुटेका छन। आफ्नो विवाहलाई धुमधामका साथमा सम्पन्न गर्ने लक्ष्य सहित श्रद्धा अहिले देखि नै पूर्ण तयारीमा लागेको बताईएको छ।

श्रद्धाद्वारा अभिनित बहु प्रतिक्षित चलचित्र ‘साहो’ प्रदर्शनको तयारीमा रहेको छ। जुन चलचित्रमा उनका साथमा साउथ स्टार प्रभास पनि देखिदै छन। चलचित्र १९ अगस्टदेखि प्रदर्शनमा आउने छ भने अर्को बर्ष श्रद्धा बरुण धवनको चलचित्र ‘स्ट्रीट डान्सर ३ डि’ र’ बागी ३’ मा देखिदै छिन।

 

 

 

 

प्रकाशित : बिहिबार, असार २६, २०७६१२:२५

रेखाको नयाँ चलचित्रमा रेनेशाको निर्देशन !