रेखाको नयाँ चलचित्रमा रेनेशाको निर्देशन !

काठमाडौँ असार २७ , नायिका रेखा थापाले रेखा फिल्म्सको ब्यानरमा छैटौं चलचित्र निर्माण गर्ने भएकी छिन। चलचित्रको नाम के राख्ने भन्ने बारे अधिकारिक रुपमा घोषणा नभई सकेको भए पनि निर्देशकको भने छनौट गरिएको छ। चलचित्रका लागि रेखाले कोरियोग्राफर तथा चलचित्र ‘इन्टु मिन्टू लन्डन’ मार्फत चलचित्र निर्देशनमा डेब्यु गरेकी रेनेशा वान्तवा राईलाई फाइनल गरेकी छिन।

चलचित्र ‘मालीनी’ को असफलता पछि रेखाले लामो समयकोअन्तराल पछि चलचित्र निर्माण गर्न लागेकी हुन्। हाल चलचित्रको स्क्रिप्ट लेखनको कार्य धमाधम सुरु भभईरहेको छ। मङ्सिर देखि छायाँकन जाने चलचित्रको कथा अभिमन्यु निरविले लेख्ने छन भने चलचित्रका कलाकारहरुको फाइनल नभई सकेको रेखाले बताएकी छिन।

मल्टीस्टारर चलचित्रमा कस्तो कथावस्तु समावेश गरिन्छ भन्ने कुरा भने खुलाईएको छैन।  रेनेशा हाल चलचित्र दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारीमा रहेकी छिन भने यस लगत्तै रेखा ब्यानरमा निर्माण हुन लागेको चलचित्र निर्देशन गर्ने छिन।

 

 

 

 

 

 

प्रकाशित : शुक्रबार, असार २७, २०७६०५:५०

सैफको हातको टाटुले खिच्यो दर्शकको ध्यान, तस्बिर सामाजिक संजालमा भाइरल !