बुढेसकाल लागेपछि स्वास्थ्यमा आउने परिवर्तनहरु यस्ता छन, जानीराख्ने कि !

बदलिदो समय अनि बढ्दो उमेरसंगै शरीरमा अनेक प्रकारका परिवर्तन आउनु एक स्वाभाविक प्रक्रिया हो।उमेर संगै शरीर,सोच्ने क्षमता , व्यवहार आदिमा क्रमश परिवर्तन हुन्छ। त्यस्तै आज हामी बुढेसकाल लागे संगै शरीरमा देखा पर्ने शारीरिक परिवर्तनको सन्दर्भमा कुरा गर्न जादै छौं ;

आँखा

बुढेसकाल लागे संगै आँखाको दृश्य शक्ति कम हुने समस्या देखिन थाल्छ। साथै यो अवस्थामा आँसुको उत्पादन कम भई आँखा बिझाएको जस्तो अनुभूति हुने , आँखा चिम्लन गाह्रो हुने आदि जस्ता समस्या देखा पर्न थाल्छ।

 कपाल

उमेर ढल्के संगै कपालमा परिवर्तन आउनु प्राकृतिक प्रक्रिया हो। यो अवस्थामा कपाल खस्रो हुने , टुक्रिने , झर्ने जस्तास समस्या देखिन्छ।  अझ भन्ने हो भने कपाल फुल्नु बुढेसकाल लागेपश्चातको परिवर्तन हो। रौं मा भएको रंग उत्पादन गर्ने जीवकोष मेलानोसाइट कम हुँदै गएपछि कपाल र शरीरका अरु रौं फुल्न थाल्दछ ।

छाला चाउरी पर्नु

छाला शरीरको अंगमध्ये निकै नै संबेदनशील अंग हो। यसका भित्रि र बाहिरी गरि मुख्य २ पत्र रहेका हुन्छन। बढ्दो उमेर संगै शरीरमा विभिन्न तत्वको कमीले गर्दा छाला चाउरिने समस्या देखा पर्न थाल्छ। छाला चाउरिएसंगै रक्तनली तथा हड्डीहरु समेत प्रत्यक्ष रुपमा देखा पर्न थाल्दछ।

दाँत

दांत झर्नु बुढेसकालको समस्या होइन यो गिजाको रोगको कारणले गर्दा झर्ने गर्छ। त्यसैले समयमा नै दाँतसम्बन्धी बिशेष सावधानी अपनाउनु आवश्यक मानिन्छ।

फोक्सो

बढ्दो उमेरसंगै फोक्सोले  कार्बनडाइअक्साइड फालेर अक्सिजन लिन सक्ने क्षमतामा कमि आउछ।  जसका कारणबाट न्यूमोनिया तथा अन्य रोग लाग्न सक्ने सम्भावना बढी हुन्छ।

कान

शारीरिक विज्ञानका अनुसार हाम्रो शरीरमा भित्रि , बाहिरी र मध्य गरि ३ प्रकारका कान हुन्छ , जसमा बुढेसकाल लागे संगै समस्या देखिन सक्ने र सुन्ने क्षमतामा कमि आउन थाल्छ।

यसका साथै स्मरण शक्ति कमजोर हुने, शारीरिक सन्तुलन बिग्रने, भोक प्यास कम लाग्ने ,मृगौलाको कार्य क्षमतामा कमि आउने , मुटु सम्बन्धी समस्या देखिन सक्ने आदि लक्षणहरु बुढेसकालमा देखिने गर्छन। त्यसैले गर्दा बढ्दो उमेर संगै आफ्नो स्वास्थ्यमा बिशेष ख्याल गर्नु अति आवश्यक हुन्छ।

प्रकाशित : शुक्रबार, असार २७, २०७६०७:२९

कतै गर्मी भयो भनेर तपाई पनि कोल्ड ड्रिंक्सको सेवन त गर्दै हुनुहुन्न ? सावधान, हुनसक्छ यस्तो खतरा, जानिराखौं !