गर्मीको समयमा शरीरमा स्फूर्ति ल्याउनका लागि भनेर बजारमा अनेक किसिमका कोल्ड ड्रिंक्सहरु भित्रिएका छन। तर गर्मि भयो भनेर यस्ता पेय पदार्थहरुको सेवन गर्नु बिल्कुलै गलत काम हो, किनकि यी कोल्ड ड्रिंक्सहरुमा शरीरलाई हानि पुर्याउने अनेक किसिमका रसायनहरु मिसाईएको हुन्छ। पछिल्लो समयमा टेलिभिजनमा देखिने गरेको विज्ञापनलाई आधार मानेर पनि गर्मीको मौसममा यस्ता खालका पेय पदार्थहरुको सेवन गर्ने प्रचलन बढ्दो क्रममा रहेको छ। अक्सर गर्मीको समयमा कोहिले आफुलाई फ्रेस अनुभूति गराउनका लागि त कोहि पानीको प्यास मेटाउनका लागि समेत कोल्ड ड्रिंक्सको सेवन गर्ने गर्छन।
‘अति भए खति हुन्छ भन्ने उखान त सुन्नु भएकै होला’, हो यस्तै अत्याधिक मात्रामा गर्मीमा प्यास मेटाउनका लागि कोक , स्प्राइट , फ्यान्टा जस्ता पेय पदार्थको सेवन गर्नाले शरीरमा नकारात्मक असर पर्न जान्छ। त्यसैले आज हामी चाहिने भन्दा बढी मात्रामा कोल्ड ड्रिंक्स पिउनाले स्वास्थ्यमा पर्न सक्ने सम्भावित खतराहरुको बारेमा चर्चा गर्न गईरहेका छौ, आउनुहोस यी हुन् कोल्ड ड्रिंक्सका बेफाइदाहरु;
-भिटामिनको कमि
हरेक दिन कोल्ड ड्रिंक्सको सेवन गर्नाले शरीरमा आवश्यक पर्ने भिटामिनको कमि हुन्छ। र शरीरमा विभिन्न खाले रोग लागि अस्वस्थ हुने सम्भावना बढी रहन्छ।
-बढी पिसाब लाग्ने समस्या
कोल्ड ड्रिंकमा अत्याधिक मात्रामा कैफिन एसिडका साथै फोस्फेरस एसिड पनि पाइन्छ। त्यसैले यसको सेवन पछि पटक पटक पिसाब लाग्ने सम्भावना हुन्छ। जसको सेवन गरेको ६० मिनेट अर्थात् १ घण्टा पछि पिसाबका साथसाथ हाम्रो शरीरमा भएका सम्पूर्ण पोषक तत्व लगायत भिटामिनहरु नष्ट भइ शरीर कमजोर हुन जान्छ।
-दांत बिग्रने सम्भावना
कोल्ड ड्रिंक्समा एसिड र चिनीको मात्रा एकदम धेरै हुने भएकाले यसको सेवनले हाम्रो दाँत किराले खाने तथा बिग्रने हुन सक्छ।
-बन्न सक्छ आदत
एक बोतल कोल्ड ड्रिंक्समा एक स्ट्रंग कफिमा जति कफिन हुन्छ। त्यसैले यसको हरेक दिन सेवन गर्नाले चिया कफी खाने जस्तै बानि बस्ने सम्भावना हुन्छ।
-थकानको महसुश
अत्यधिक मात्रामा कोल्ड ड्रिंक्स को सेवन गर्नाले शरीरमा आलश्यता बढ्ने तथा रिस उठ्ने जस्ता समस्याहरु देखिने गर्छन।
-टाउको दुख्ने समस्या
कोल्ड ड्रिंक्स खाने लत लागिसकेपछि यसको सेवन बिना टाउको दुख्ने समस्या समेत देखिन सक्छ। त्यसैले गर्दा यस्ता पेय पदार्थहरुको सेवन गर्न आजै बाट बन्द गरि स्वस्थ र तन्दुरुस्त हुने बाटो अपनाउनु आवश्यक छ।