बलिउड अभिनेत्री पुजा बत्राले गरिन ४२ बर्षको उमेरमा प्रेमी नवाबसंग गोप्य विवाह !

कुनै समयकी चर्चित बलिउड अभिनेत्री पुजा बत्राले ४२ बर्षको उमेरमा प्रेमी नवाब शाहका साथमा गोप्य रुपमा बिवाह गरेकी छिन। सन् २००२ मा सर्जन डाक्टर सोनू अहलूवालियाका साथमा विवाह बन्धनमा बाँधीएकी पुजाको अन्तत वैवाहिक सम्बन्ध खासै टिक्न सकेन र सोनु र पुजाको विवाह गरेकी ९ बर्ष पश्चात सम्बन्ध बिच्छेद भएको थियो।

केहि समय देखि बलिउड अभिनेता नवाब शाहसंगको प्रेम सम्बन्धमा रहेकी पूजाले जम्मु कश्मिरमा गुपचुपमा बिवाह  गरेकी हुन्। नवाबले ईदको मौका पारेर आफु दुई एकअर्काको प्रेम सम्बन्धमा रहेको कुरा इंस्टाग्राममा फोटो शेयर गर्दै गरेका थिए।  पुर्व फेमिना मिस इन्डिया इन्टरनेसनल समेत रहेकी पुजाको यो दोस्रो विवाह हो।

पूजाले हालसम्म विरासत, नायक, हसीना मान जाएगी, भाई, फर्जएबिसिड़ी २ लगायतका चलचित्रमा काम गरिसकेकी छिन्। भने नवाबले  पनि भाग मिल्खा भाग, डन २ , दिलवाले , टाइगर जिन्दा’हैं लगायतका केहि सुपरहित चलचित्रमा काम गरिसकेका छन।

 

 

 

 

प्रकाशित : शुक्रबार, असार २७, २०७६१२:०७

जोन सेनाले मिम मार्फत उडाए शिल्पाको मजाक, शिल्पा दंगै !