अभिनेत्री सोनाक्षी माथि लाग्यो घटिया आरोप , यसकारण जान सक्छिन जेल हेर्नुहोस !

मानिसहरु पैसाका लागि जस्तोसुकै घटिया काम पनि गर्न पछि हट्दैनन्। अझ खेलाडी र केहि चलचित्रकर्मीहरु त भारी पैसाको लालचमा जस्ता सुकै काम गर्न पनि अघि सर्ने गर्छन। यसै कारणले गर्दा उनीहरु बेलाबेलामा कानुनी चपेटामा पनि पर्ने गरेका छन। पछिल्लो समय यस्तै आरोप लागेको दबंग अभिनेत्री सोनाक्षी सिन्हालाई पनि।

अभिनेत्री सोनाक्षी सिन्हा बिरुद्ध  उत्तर प्रदेश पुलिस स्टेशनमा धोकेवाजी र घटिया कामको  बिरुद्धमा उजुरी परेको छ। जानकारीका अनुसार सोनाक्षीले स्टेज पर्फमेन्सको लागि २४ लाख लिएको र कार्यक्रमा उपस्थित भने नभएको भन्दै शिवपुरी निवासी प्रमोद शर्माले उनका बिरुद्ध प्रहरीमा केश दर्ता गराएका हुन्। जस पश्चात प्रहरी सोधपुछका लागि सोनाक्षीको घर पुगेको थियो तर सोनाक्षी घरमा नभएकाले प्रहरी बिना जानकारी फर्किएको र आज फेरी उनको घर जाने उनीहरुको योजना रहेको छ।

सोनाक्षीका एकजान शुभचिन्तकका अनुसार यो सबै कुरा सरासर गलत रहेको र उनलाई फसाउने खेल रहेको बताएका छन। उनका अनुसार सोनाक्षीले आफ्नो चलचित्रको ९ बर्षे कार्यकालमा सबै काम अहिले सम्मम बडो इमान्दारीका साथमा गर्दै आइरहेको बताएका छन।

 

 

 

प्रकाशित : शुक्रबार, असार २७, २०७६०८:२३

‘आज नगद भोली उधारो’ भन्दै आर्यनका साथमा दीपाश्रीले मर्काईन कम्मर (भिडियो सहित )