काठमाडौँ असार २९, गत जेठ १३ गतेबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र ‘आप्पा’ ले शुक्रवारदेखि तेस्रो सातामा प्रवेश गरेको छ। माउथ पब्लिसिटीको अभावमा चलचित्रले नेपालमा खासै अपेक्षाकृतको व्यापार गर्न भने सकेन। चलचित्रको हालसम्मको कमाई १ करोड ३० लाखको रहेको चलचित्रका निर्देशक अनमोल गुरुङले जनाएका छन। लगातारको बर्षाले गर्दा पनि पछिल्लो समय चलचित्रले ठुलै घाटा व्यहोरिरहेको देख्न सकिन्छ।
नेपालका सिंगल तथा मल्टिप्लेक्सका केहि हलहरुमा शो पाइरहेको चलचित्र आप्पाले भारतबाट भने आफ्नो लगानी सुरक्षित राख्न सक्ने अनुमान लगाईएको छ। चलचित्रलाई भारतमा रहेको नेपालीहरुले अत्याधिक रुपमा मन पराइरहेका छन। चलचित्रले भारतीय बजारमा प्रदर्शन भएको एक सातामा नै १ करोड ८८ लाख भारु अर्थात् ३ करोड ८० हजार नेपाली रुपियाको व्यापार गर्न सफल भएको छ।
बाबु छोराको भावनात्मक सम्बन्धको कथावाचन भनिएको चलचित्र ‘आप्पा’ मा दयाहाङ राई ,सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको छ। चलचित्रमा रुदेन सादा लेप्चाको लगानी रहेको छ भने चलचित्रमा शैलेन्द्र डि. कार्कीको छायांकन निमेष श्रेष्ठको सम्पादन रहेको छ।