चलचित्र ‘रातो गलबन्दी’ को शिर्ष गीतसंगै फर्स्ट लुक सार्वजनिक हेर्नुहोस ! (भिडियो सहित )

काठमाडौँ असार २९ , साउन १७ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘रातो गलबन्दी’ को फर्स्ट लुकसंगै चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको छ। मनिश्मा फिल्म्सको ब्यानरमा हिमाल कडरिया र दुर्गा बस्नेत निर्माता रहेको चलचित्रको शिर्ष गीतमा राजेश पायल राई र श्रेया राईले आवाज भरेका छन। गोबिन्द राईले कोरियोग्राफी रहेको गीतलाई लोकराज अधिकारीले लेखेका हुन् भने बिनोद खुम्बुले संगीत दिएका छन।

सामाजिक प्रेमकथामा आधारित रहेको चलचित्रमा केकी अधिकारी , कोसिश छेत्री , बुद्धि तामाङ लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ। यसै चलचित्र मार्फत अनिस थापाले चलचित्रमा निर्देशनमा डेब्यु गर्दै छन। चलचित्रले दर्शकलाई भरपुर मनोरंजनका साथै सामाजिक जनचेतना फैलाउनेमा निर्देशक थापा बिश्वस्त रहेका छन्।

नेपालका विभिन्न रमणीय स्थानमा खिचिएको चलचित्र रातो गलबन्दीमा अष्ट महर्जनको द्वन्द्ध निर्देशन र सुमन तामाङको छायांकन रहेको छ।

 

 

प्रकाशित : आइतबार, असार २९, २०७६०८:११

गाडी माथि नै नेहाको ‘धिमे धिमे’ बोलको गीतमा धमाकेदार नृत्य, हेर्नुहोस !