असार २९ सिड्नी, अष्ट्रेलियाको उत्तरपश्चिमी क्षेत्रमा आइतबार बिहान ६.६ म्यग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। हिन्द महासागरको १० किलोमिटर तल केन्द्रविन्दु रहेको भूकम्पका कारण कुनै पनि मानवीय क्षति भने नभएको सम्बन्धित अधिकारीहरुले जनाएका छन।
करिब १ मिनेटसम्म भएको कम्पनका कारण घरहरु हल्लिएको भए पनि सामान्य क्षतिको बिवरण भने आइ नसकेको उनीहरुको भनाइ रहेको छ।
अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार हिन्द महासागरमा भूकम्पपछिको आँधीको भने कुनै खतरा नरहेको जानकारी गराएको छ। यसका साथै राष्ट्रिय प्रसारण एबीसीले भने सामान्य क्षतिका केही खबर बाहिरिएको भए पनि कसैको मृत्यु भएको वा कोही घाइते भएको खबर नआएको जनाएको छ ।