भ्यागुताको बिवाहको कारण वर्षा र बाढीको प्रकोप बढेको भन्दै लिखित रुपमा गराईयो सम्बन्ध बिच्छेद !

असार ३० मोरङ , भ्यागुताको विवाहको कारण बाढी , पहिरो र डुबानको समस्या देखिएको भन्दै मोरङमा भ्यागुताको लिखित रुपमा सम्बन्ध बिच्छेद गराईएको छ। लामो समय सम्म पानी नपरेका कारण असार २१ गते संसारीमाईको मन्दिरमा लगेर बिवाह गराईएको भ्यागुताको अन्तत आइतवार सम्बन्ध बिच्छेद गराईएको छ।

अविरल वर्षा र डुवानको समस्या कम हुने बिश्वासका साथ बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमा नै भर्खर बैवाहिक सम्बन्धमा बाँधिएका भ्यागुता दम्पतिको सम्बन्ध बिच्छेद गराई दिएका हुन्।

लामो खडेरीका कारण अस्तव्यस्त भएको वातावरण मा बर्षात गराउनका लागि स्थानीयले धार्मिक विधिद्वारा भ्यागुताको बिवाह गराएका थिए। भयागुताको सम्बन्ध बिच्छेद गराईएको उक्त कागज पछिल्लो समय सामाजिक संजालमा भाइरल भईरहेको छ।

 

प्रकाशित : सोमबार, असार ३०, २०७६०७:३२

इन्डोनेसियामा ७.३ रेक्टर स्केलको भुकम्प , एक महिलाको मृत्यु !