इन्डोनेसियामा ७.३ रेक्टर स्केलको भुकम्प , एक महिलाको मृत्यु !

असार ३० इन्डोनेसिया , इन्डोनेसियाको पूर्वी क्षेत्रमा आइतवार करिब ६ बजेर २८ मिनेटतिर ७.३ रेक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पका कारण करिब १६० घरमा  पूर्ण रुपमा क्षति भएको र एक जना महिलाको मृत्यु भएको जनाईएको छ।

स्थानीय अधिकारीका अनुसार महिलाको मृत्यु घर ढलेर भएको बताईएको छ। अन्य क्षति हुन नदिनका लागि सयौं व्यक्तिलाई सुरक्षित स्थानतर्फ सारिएको पनि उनीहरुको भनाइ रहेको छ।

इन्डोनेसियाको जल तथा मौसम बिज्ञान बिभागका अनुसार एक्कासी आएको ठुलो कम्पनका कारण सोमवार विहान कम्तिमा पनि ५२ पटक धक्का महसुस गरिएको छ। गत वर्ष इन्डोनेसियाकै सुलावेसी द्बीपमा ७.५ रेक्टर स्केलको भुकम्पको कारण आएको सुनामीमा परि कम्तिमा २२ सय मानिसको ज्यान गएको थियो भने अन्य हजारौं व्यक्ति बेपत्ता भएका थिए।

 

 

 

प्रकाशित : सोमबार, असार ३०, २०७६०८:४४

प्रसारण गरेबापत बिदेशी च्यानलले नेपालबाट लान्छन बार्षिक ७० करोड !