हुबहु तैमुर अलि खान जस्तै देखिन्छन सन्नी लियोनिका छोरा , नपत्याए हेर्नुहोस !

एजेन्सी , पछिल्लो समय बलिउड अभिनेत्री सन्नी लियोनीको छोराको तस्बिर सामाजिक संजालमा भाइरल भईरहेको छ।  तस्बिरमा सन्नीले काखमा बोकेको बच्चा करिना र सैफ अलीका छोरा तैमुर जस्तै देखिएको छ। आखिर सन्नीले तैमुरलाई किन आफ्नो काखमा बोकिन भन्ने प्रश्न आउन सक्छ तर यी सन्नी कै छोरा हुन् । सन्नीका  २ जना जुम्ल्याहा छोराहरु छन अशर र नोहा।  तर तस्बिरमा देखिएको सन्नीले काखमा बोकेको अशर हुन् या नोहा यो भने छुट्याउन गाह्रो छ।

तैमुर आफ्नो क्युटनेसको कारणले गर्दा विश्वभर भाइरल भएका बच्चा हुन् यस्तै सन्निका छोरा पनि पछिल्लो समयमा सामाजिक संजालमा भाइरल छन दुई फरक फरक अभिनेत्रीका अनुहार मिल्दो जुल्दो छोरा हुनु के यो संयोग होइन र। सन्नीका छोराले पछिल्लो समय सामाजिक संजालमा तैमुर अलि खानलाई पनि टक्कर दिईरहेका छन।

गत बर्ष सरोगेसीमार्फत दुई जुम्ल्याहा सन्तानका अभिभावक बनेका सन्नी र डेनियलका १ छोरी पनि रहेकी छिन जसको नाम निशा हो।

 

 

प्रकाशित : सोमबार, असार ३०, २०७६०६:२२

ऋतिक भर्सेस टाइगर ‘वार’ को अफिसियल टिजर सार्वजनिक (टिजर सहित )