ऋतिक भर्सेस टाइगर ‘वार’ को अफिसियल टिजर सार्वजनिक (टिजर सहित )

असार ३०  एजेन्सी,  यश राज फिल्म्सको प्रस्तुतिमा तयार पारिएको ऋतिक रोशन भर्सेस टाइगर स्रोफ स्टारर चलचित्र ‘वार’ को अफिसियल टिजर सोमवार सार्वजनिक गरिएको छ। टिजरमा ऋतिक र टाइगरको  घमासान युद्ध भएको देखाईएको छ। ५३ सेकेन्डको  मात्र रहेको टिजरले समग्रमा चलचित्रको सार बताएको छ।

आदित्य चोपडाको निर्माण र सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको चलचित्र ‘वार’ को सार्वजनिक टिजरमा अभिनेत्री बाणी कपूरलाई पनि एक झलक देखाईएको छ। टाइगर , ऋतिक र बाणी चलचित्रका मुख्य कलाकारहरु हुन्।

यो बर्षको बहु प्रतिक्षित बताईएको चलचित्र ‘वार’ अक्टोवर २ अर्थात् दशैंको छेको पारेर प्रदर्शनमा आउने तयारीमा रहेको छ।

प्रकाशित : सोमबार, असार ३०, २०७६०६:४९

यी हुन् चलचित्र ‘जवानी जानेमन’ का लागि सैफ अलि खानकी नयाँ गर्लफ्रेन्ड !