आज अभिनेत्री कट्रिना कैफको ३६ औं जन्मदिन, हेर्नुहोस उनका केहि फिल्मी संघर्षका कुराहरु !

एजेन्सी , बलिउड चलचित्र उद्योगकी सफल एवम सुन्दरी अभिनेत्री कट्रिना कैफ आज आफ्नो ३६ औं जन्मदिन  मनाईरहेकी छिन।  उनको जन्म सन् १९८३ जुलाई १६ मा हंगकंगमा भएको हो।  १६ बर्षको उमेर देखि मोडलिंगको करियर सुरुवात गरेकी कट्रिनाको वास्तविक नाम कट्रिना टारकेटि हो। फिल्मी क्षेत्रमा आफ्नो करियर बनाउने सोचका साथमा मुम्बई पसेकी कट्रिनाको भेट ‘कैजाद गुस्ताद’ संग भयो।  त्यसबेला गुस्तादले कट्रिनालाई चलचित्र ‘बूम’का लागि प्रस्ताव राखेका थिए जुन प्रस्तावलाई कट्रिनाले सहश्र स्वीकार गरिन र अमिताभ बच्चन र ज्याकी श्राफका साथमा सन् २००३ सालमा चलचित्र ‘बुम’ बाट बलिउड मा आफ्नो पाइला राखिन।

पटकथा कमजोर भएकै कारण बक्स अफिसमा ‘बुम’ ले खासै धुम भने मच्चाउन सकेन। यस पश्चात सन् २००५ मा पुन कट्रिनाको एकपटक अभिनेता अमिताभ बच्चनका साथमा चलचित्र सरकारमा काम गर्ने अवसर प्राप्त भयो उक्त चलचित्रले पनि खासै ब्यापार गर्न सकेन। यस पश्चात सन् २००५ मा नै प्रदर्शनमा आएको चलचित्र ‘मैने प्यार क्यु किया’ कट्रिनाको लागि लक्की साबित हुन पुग्यो जुन चलचित्रमा उनका साथमा अभिनेता सलमान खान मुख्य भूमिकामा रहेका थिए।

जुन चलचित्रको सफलता पश्चात कट्रिनालाई राम्रा राम्रा चलचित्रहरुबाट अफर आउन थाल्यो र सन् २००६ मा उनले अभिनेता अक्षय कुमारका साथमा चलचित्र ‘हमको दीवाना कर गये’ मा एक साथ स्क्रिन शेयर गर्ने अवसर मिल्यो।

१६ बर्षे आफ्नो फिल्मी करियरमा कट्रिनाले थुप्रै हिट फिल्महरु दिईसकेकी छिन।  जसअन्तर्गत चलचित्र रेस , न्युयोर्क , ब्लु , अजब प्रेमकी गजब कहानी , धुम ३ , भारत , राजनीति , फितुर आदि कट्रिनाद्वारा अभिनित सुपरहिट चलचित्रहरु हुन्। पछिल्लो समय कट्रिना अक्षय कुमारका साथमा चलचित्र ‘सुर्यबंसी’ को छायांकनमा व्यस्त रहेकी छिन।

 

 

 

प्रकाशित : मङ्गलबार, असार ३१, २०७६०६:११

सामाजिक संजालमा भाइरल रणवीर -दीपिकाको बुढ्यौलीको तस्बिर , ८० बर्षको उमेर देखिन्छन यस्ता!